काठमाडौं-संविधानका विवादित मुख्य चार अन्तर्वस्तुमा सहमति निकाल्न प्रधानमन्त्री सुशील कोइरालासहित सत्तासाझेदार दल र एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
संविधानका विवादित राज्यको पुनः संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सोमबार मोर्चाले अघि सारेका साझा प्रस्तावमा बैठकमा छलफल भइराखेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए।
विगतमा दलहरूबीच भएको १२ बुँदे समझदारीदेखि माओवादी सशस्त्र युद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनका आधारमा भन्दै मोर्चाले १० प्रदेशको खाका अघि सारेको थियो।
नेपाली काग्रेस, नेकपा (एमाले) सहित सत्ता साझेदार दलले भने मोर्चाको सो प्रस्तावमा असहमति जनाइसकेका छन्। ती दलहरुले आफूहरुले संवैधानिक राजनीतिक समितिमा प्रस्तुत गरेको नौँबुँदा भित्रबाट नै सहमति खोज्न जोड दिइराखेका छन्।
सभामुख सुवास नेम्वाङले दलहरुलाई संविधानका विवादित अन्तर्वस्तुमा सहमति निकाल्न दिनुभएको समय सीमा सोमबार नै समाप्त भइसकेको छ। विवादित अन्तरवस्तुका विषयमा सहमति निकाल्न भन्दै दलहरु निरन्तर रुपमा वार्तामा जुटिरहेका छन् तर सहमति भने निस्कन सकेको छैन।
बैठकमा प्रधानमन्त्री कोइरालाले माघ ८ नै सहमतिद्वारा संविधान जारी गर्न आफ्नो पार्टी लचकताका साथ प्रस्तुत भइराखेको बताउनुभएको नेकाका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा