लण्डन । पूर्व एमाले र माओवादी केन्द्रबीचको एकतापछि युकेमा बन्ने एकीकृत संगठनको नेतृत्व चयनमा छ जनाले दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयको पत्रअनुसार गठित कार्यदलको दुईपटक बसेको बैठकमा नेतृत्वमा सर्वसम्मति हुन नसकेपछि छ जना आकांक्षीको नाम केन्द्रीय कार्यालयमा पठाइएको छ ।
स्रोतका अनुसार एकतापछि गठन हुने प्रवासी नेपाली एकता मञ्च युकेको संयोजकका लागि पूर्व माओवादी पक्ष (नेपाली जनप्रगतिशील मञ्च) बाट पार्टीका पूर्व इञ्चार्ज पूर्ण लोक्समले दाबी गरेका छन् । उता पूर्व एमाले (प्रवासी नेपाली मञ्च) पक्षबाट पाँच जनाको दाबी छ । जसमा तत्कालिन प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, पूर्व अध्यक्षहरु रामशरण सिंखडा र आङकल्जङ लामा, अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष भक्त गुरुङ र अनेरास्ववियूकै पूर्व नेता कृष्ण भट्टराई छन् । कार्यदलले यी नामहरुमध्येबाट एकजनालाई संयोजक छान्न केन्द्रलाई जिम्मा दिने निर्णय गरेको छ ।
यसैगरी, नयाँ बन्ने ३५ सदस्सीय समितिमा रहनका लागि दुवैतर्फबाट ३३-३३ जनाको नाम केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको छ । ती नामहरुबाट केन्द्रले ३५ जनाको नाम घोषणा गर्ने बताइएको छ ।
भदौ महिनाभित्र पार्टी एकताका लागि आवश्यक पहल गर्न केन्द्रले पूर्ण लोक्सम, राजेन्द्र पुडासैनी, रणबहादुर केसी, विजयविक्रम लिङदेन, सुरेश गौतम र रामशरण सिंखडा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको बैठक सेप्टेम्बर १० र १२ मा बसेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते