काठमाडौं। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चार जनामाथि थप अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले एक साता समय दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश नारायण सुवेदीको इजलासले थप अनुसन्धान गर्न एक साता समय दिने निर्णय गरेको हो । 
बमको हत्या आरोपमा पक्राउ परेका बाबु थापा, करण चौधरी, प्रेमराज खड्का र दीपक कर्णलाई प्रहरीले शनिबार सार्वजनिक गरेको थियो । बमको हत्या ललितपुरको शंखमूलमा भएको थियो ।
चुरेभावर राष्ट्रिय पार्टीको आधिकारितासम्बन्धी मुद्दामा विपक्षीमा अन्तरिम आदेश दिएको भन्दै थापाको योजनामा न्यायाधीश बमको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।
घटनामा संलग्न चार जना पक्राउ परे पनि अर्का एक आरोपित इस्माइली मगर भने फरार छन् । उनी हाल साउदी अरबमा रहेको प्रहरीले जनाएको छ । बंगलामुखी मन्दिर दर्शन गरी सर्वोच्च अदालत जाने क्रममा शंखमूल युएनपार्कनजिकै बाटोमा न्यायाधीश बममाथि आक्रमण भएको थियो । कारको पछिल्लो सिटमा रहेका बमलाई मोटरसाइकलमा आएका सुटरले बाटो छेकेर गोली हानेका थिए । तराईमा एक मधेिश एक प्रदेशको माग चर्कोसँग उठेपछि त्यसलाई काउन्टर दिनका लागि चुरे भावर राष्ट्रिय एकता पार्टीको गठन गरिएको थियो। थापा त्यसको उपाध्यक्ष रहेका थिए।
पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च आदालतका न्यायाधीश बमको एकल इजलासले अन्तरिम आदेश जारी गरेपछि आक्रोशित बनेका थापाले हत्याको योजना बनाएका थिए। बम हत्याको उजुरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा दर्ता भएपछि केन्द्रीय अनुसन्धान ब्युरोअन्तगर्त तानेर हेरिएको छ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय