
काठमाडौँ, ११ भदौ – बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ ।
नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गर्नुभएको हो ।
टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।
च्याम्पियनसीपको समूह ‘ए’ मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ ।
यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको समूह ’बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते