काठमाडौं। नेपाल प्रहरीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न रहेको आरोपमा केहीलाई पक्राउ गरेको छ। हत्याको करिब तीन वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले हत्या रहस्य सुल्झाउँदै पक्राउ गरेको हो ।
स्रोतका अनुसार पक्राउ पर्नेमा चुरेभावर राष्ट्रिय पार्टीका सानुबाबु थापालगायतलाई पक्राउ गरेको नागरिक न्युजले जनाएको छ। तीन वर्षअगाडि बंगलामुखी मन्दिर पुजा गरी फर्किने क्रममा युएन पार्कनजिकै मोटरसाइकल सवार व्यक्तिले आक्रमण गरेको थियो ।
सो हत्याको अनुसन्धानको लागि उच्चस्तरीय समिति बनाई अनुसन्धान गरे पनि हत्या रहस्य पहिल्याउन प्रहरी सफल हुन सकेको थिएन। स्रोतका अनुसार प्रहरीले घटनामा संलग्न देखिएका अधिकांशलाई पक्राउ गरिसकेको छ। आजै प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी बम हत्याको विवरण सार्वजनिक गर्ने तयारी छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते