काठमाडौं। नेपाल प्रहरीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न रहेको आरोपमा केहीलाई पक्राउ गरेको छ। हत्याको करिब तीन वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले हत्या रहस्य सुल्झाउँदै पक्राउ गरेको हो ।
स्रोतका अनुसार पक्राउ पर्नेमा चुरेभावर राष्ट्रिय पार्टीका सानुबाबु थापालगायतलाई पक्राउ गरेको नागरिक न्युजले जनाएको छ। तीन वर्षअगाडि बंगलामुखी मन्दिर पुजा गरी फर्किने क्रममा युएन पार्कनजिकै मोटरसाइकल सवार व्यक्तिले आक्रमण गरेको थियो ।
सो हत्याको अनुसन्धानको लागि उच्चस्तरीय समिति बनाई अनुसन्धान गरे पनि हत्या रहस्य पहिल्याउन प्रहरी सफल हुन सकेको थिएन। स्रोतका अनुसार प्रहरीले घटनामा संलग्न देखिएका अधिकांशलाई पक्राउ गरिसकेको छ। आजै प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी बम हत्याको विवरण सार्वजनिक गर्ने तयारी छ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल