काठमाडौं। श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना भएका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएपछि शनिबार बिहान घर फर्किएका छन्।
नर्भिक अस्पताल थापाथलीमा उपचारमा संलग्न डा. वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्णरूपमा सुधार आएको बताए। वैद्यलाई गत सोमबार भर्ना गरिएको थियो। 
पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गर्दै अस्पताल बसाइका क्रममा उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेट्न आउने विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएकी छन्।
वैद्यलाई भेट्न प्रधानमन्त्री सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरु अस्पताल पुगेका थिए।
बिरामी भएपछि वैद्यले अक्सिजनमार्फत श्वास लिइरहेकामा बिहीबारदेखि बिनाअक्सिजन सहज रूपमै श्वास लिनाका साथै ज्वरो पनि निको भएको थियो। नेता वैद्यलाई दम र रुघाखोकीका कारण कमजोर भइ समस्या देखिएको डा श्रीवास्तवले बताए।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान