काठमाडौं। श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अस्पताल भर्ना भएका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएपछि शनिबार बिहान घर फर्किएका छन्।
नर्भिक अस्पताल थापाथलीमा उपचारमा संलग्न डा. वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्णरूपमा सुधार आएको बताए। वैद्यलाई गत सोमबार भर्ना गरिएको थियो। 
पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गर्दै अस्पताल बसाइका क्रममा उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेट्न आउने विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएकी छन्।
वैद्यलाई भेट्न प्रधानमन्त्री सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरु अस्पताल पुगेका थिए।
बिरामी भएपछि वैद्यले अक्सिजनमार्फत श्वास लिइरहेकामा बिहीबारदेखि बिनाअक्सिजन सहज रूपमै श्वास लिनाका साथै ज्वरो पनि निको भएको थियो। नेता वैद्यलाई दम र रुघाखोकीका कारण कमजोर भइ समस्या देखिएको डा श्रीवास्तवले बताए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते