लन्डन । धादिङ नुवाकोट समाज यूकेले आफ्नो ११ औं वार्षिकोत्सव शनिबार एक कार्यक्रमबीच मनाएको छ । साउथ हयारोस्थित हयारो बरो फुटबल क्लव सभाहलमा कार्यक्रम भएको हो ।
राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित कार्यक्रम गरिंदा बेलायत बसोवास गरिरहेका धादिङ र नुवाकोटवासीले भरपुर मनोरन्जन लिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो थातथलो, जन्मभूमि, माटो र बाटोलाई सम्झने संस्थाको कदर गर्दै समाजले अनुकरणीय र उदाहरणीय कार्य गरिरहेको बताए । बेलायतको व्यस्तता, विवशता र दुःखका बाबजुद समाज अनि आफ्नो गाउं ठाउंको निस्वार्थ सेवा गर्नेहरु धन्यवादका पात्र भएको राजदूत डा. सुवेदीले उल्लेख गरे ।
अतिथी शिक्षावीद डा. पदम सिम्खडाले समाजले उल्लेखनीय सामाजिक कार्य गरिरहेकोप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा जति बांड्यो त्यति सिकिने र फैलने भएकाले मातृभूमिलाई पनि ज्ञान बांड्न आग्रह गरे ।
समाजका अध्यक्ष चोकबहादुर तामाङले सहभागी र कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद दिंदै समाजले भूकम्प र बाढीपीडितलाई सहयोग देखि जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि कार्य गरिरहेको जनाए । अध्यक्ष तामाङले समाजले गाउंमा छिट्टै शिक्षा र स्वास्थ्यको नमुना परियोजनाका लागि गृहकार्य गरिरहेको समेत जानकारी दिए ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, मेहेन्दोमाया परिवार यूके अध्यक्ष हरिसिंह वाइवा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा लगायतले शुभकामना दिएका थिए ।
ग्रयाजुएट्स विद्यार्थी र आजीवन सदस्यहरुलाई अवार्ड तथा सम्मान वितरणपछि दोश्रो चरणमा देवीरानी गुरुङ र सन्तोक गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । सो क्रममा नेपालबाट आएकी नायिका एवं मोडल छुल्ठिम डोल्मा गुरुङ, प्रतिष्ठा त्रिपाठी, पुष्पा गुरुङ, अविसा गुरुङ, सेन्जिना तामाङ लगायतले नृत्य देखाए भने राष्ट्रिय गायिका मिना लामा, स्थानीय अनिल गुरुङ, सन्तोक गुरुङ, मिलन लामा, मिलन गोम्जाले गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लोपोन्मुख झांक्री नृत्य, लोकदोहोरी, सालैजो समेत प्रस्तुत गरियो । उक्त अवसरमा सयपत्री सांस्कृतिक समूहले जोडदार प्रस्तुति दिएको थियो ।
तस्विरहरु- शिव भण्डारी
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा