गोरखा । द सेवा नेपाल नामक गैरसरकारी संस्थाले मान्छेको पिसाब सङ्कलन गरेर किसानलाई वितरण गरेको छ ।
बुधबार गोरखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भएका मानिसको पिसाब सङ्कलन गरेको द सेवाले बिहीबार गोरखाका किसानलाई पिसाब वितरण गरेको हो ।
जर्किनमा सङ्कलन गरिएको पिसाब लिनका लागि हरमटारीस्थित खेलकुद मैदानमा किसानको भीड लागेको छ । रासायनिक मलको सट्टामा उक्त पिसाब तरकारी बालीमा प्रयोग गर्दा उत्पादन धेरै हुने किसानको भनाइ छ । किसानले जर्किनका जर्किन पिसाब बोकेर घर लगेका छन् ।
‘जैविक तरकारीखेतीका लागि पिसाब महत्वपूर्ण छ’ द सेवाले सङ्कलन गरेको पिसाबको जर्किन लिएपछि गोरखा नगरपालिका-३ की पम्फा लामिछानेले भनिन, ‘पिसाब प्रयोग गरेर तरकारी बालीको उत्पादन धेरै लिन सकिन्छ ।’ द सेवाले इकोसान प्रविधिमार्फत मानिसको पिसाब जर्किनमा सङ्कलन गरेको थियो ।
फोहरलाई पुनः प्रयोग गर्नलाई इकोसान प्रविधि आवश्यक पर्ने द सेवाले जनाएको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवा नेपालको समन्वयमा द सेवाको प्राविधिक सहयोगमा जर्किनको मुखमा सोली राखेर पिसाब सङ्कलन गरिएको थियो ।’पाँच सय लिटर पिसाब किसानलाई वितरण गरेका हौँ’ नेवाका विनोद कोइरालाले भने , ‘अब एक महिनापछि पिसाबलाई मलका रूपमा तरकारी बालीमा प्रयोग गर्न सकिन्छ ।’ एक लिटर पिसाबमा तीन लिटर पानी मिसाएर तरकारी बालीमा प्रयोग गर्दा रासायनिक मल प्रयोग गरेको भन्दा धेरै उत्पादन लिन सकिने कोइरालाले जानकारी दिए । गोरखा जिल्लामै पहिलोपटक इकोसान प्रविधिमार्फत पिसाब सङ्कलन गरिएको हो ।
‘मेला र महोत्सवमा अब पिसाब सङ्कलन गर्नेछौँ’ कोइरालाले भने , ‘किसानलाई पनि पिसाबको फाइदाबारे जानकारी दिएका छौँ ।’ किसानलाई तालिम दिएर पिसाब प्रयोगका लागि सिकाइएको बताइयो ।
मान्छेको पिसाबमा नाइट्रोजन, फस्फोरस र पोटास हुन्छ । पिसाबलाई बालीमा प्रयोग गर्दा माटोलाई कुनै बेफाइदा नगर्ने द सेवाले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते