काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।
विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताए । उनले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गरे ।
मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताउँदै सहमतिमा छलफल गरी शिघ्ररुपमा अघि बढाउनका लागि सहयोग गर्न सांसदलाई आग्रह गरे ।
उक्त विधेयकमाथि विरोधको सूचना हालेका सांसदद्वय कांग्रेसका गगन थापा र संघीय समाजवादीका फोरम नेपालकी सरिता गिरीले आ–आफ्नो विरोधको सूचना फिर्ता लिएका थिए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको विरोधको सूचना भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा