काठमाडौं। चीनले नेपाली सीमासम्म रेल सञ्जाल विस्तार गर्न तयार रहेको जनाएको छ। बेइजिङले नेपाललाई आफ्नै भूभागभित्रको विस्तार संभाव्यता अध्ययन गर्न पनि आग्रह गरेको छ।
शुक्रबार नेपाली समकक्षीँ महेन्द्रबहादुर पाण्डेसँग भएको द्वीपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले केरुङसम्म रेल लाइन विस्तार गर्ने सहमति जनाएका हुन्। चीनले अगस्ट महिनासम्म केरुङसम्म रेल सञ्जाल विस्तार हुने जनाएको छ।
वाङले नेपाललाइ काठमाडौं वा अन्य स्थान कहाँसम्म विस्तार गर्ने हो त्यसको संभाव्यता अध्ययन गर्ने आग्रह गरेका थिए।
चिनियाँ विदेश मन्त्रालयले आफ्नै वेबसाइटमा चीनले सिगात्सेबाट नेपाली भूभागसम्म लाइन विस्तार गर्ने छ। केरुङबाट सिगात्से ५ सय ४० किलोमिटर पर छ। सिमावर्ती जिल्ला रसुवाबाट सिगात्से ३५ किलोमिटर टाढा रहेको छ। यसअघि नै चीनले चिङ्हाइ तिब्बत रेल नेपालसम्म पुर्याउने बारेमा सैद्धान्तिक सहमति जनाएको थियो।
‘वार्ताको क्रममा चिनियाँ पक्षले आफ्नो भूभागमा रेललाइन विस्तारको संभाव्यता अध्ययन गर्न आग्रह गरेको छ’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय