केन्ट । युकेका नेपाली बाँसुरीवादकहरुको समूह ‘बाँसुरी चौतारी बेलायत’ को पहिलो भेटघाट र अभ्यास शनिबार एम्पायर हल, अल्डरसटमा सम्पन्न भएको छ ।
खड्क क्षेत्रीको संयोजनमा ‘बासुरी चौतारी बेलायत’ नामको फेसबुक पेज खोलेयता बेलायतको विभिन्न स्थानमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबादकहरुले फेसबूक पेजमार्फत आफ्ना बाँसुरीका धुन सुनाउदै आएका थिए । उक्त ‘बासुरी चौतारी बेलायत’ फेसबुकमा बेलायतभन्दा बाहिरका केही बाँसुरीका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई पनि समावेश गरिएको छ ।
‘बाँसुरी चौतारी बेलायत’ को पहिलो भेलाको पहिलो सत्र बाँसुरीबारे बाँसुरीमा डिप्लोमा गरेका, शास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दिपक चाम्लिङले केही ज्ञान समूहलाई बाँडेका थिए । त्यसपश्चात उनले केही मीठा बाँसुरीका धुनहरु पनि सुनाए ।
भेलाको दोस्रो सत्रमा ग्रुपका सबै सदस्यहरुले बाँसुरीका धुन प्रस्तुत गरेका थिए । एकल प्रस्तुत सकेपश्चात समूहमा अभ्यास भएको थियो । समूहको अभ्यास पश्चात बाँसुरी वादक दिपक चाम्लिङ्ले बाँसुरी बजाउन तथा मीठास ल्याउन अति आवस्यक कुराहरु उदाहरणका साथ ब्याख्या गरेर स्पस्ट पारेका थिए ।
कार्यक्रमको अन्त्यमा संयोजक खड्क क्षेत्रीले सम्पूर्ण सदस्यहरुलाई भेलाको औचित्यबारे बताए । क्षेत्रीले यस क्लोज फेसबुक ग्रुपलाई चाँडै पब्लिकको लागी हेर्न मिल्ने बनाउने बताउदै भविश्यमा पुन भेला गर्ने प्रतिबद्धतासहित भेलालाई औपचारिक रुपमा समाप्त गरेका थिए ।
बिहान १० बजेबाट शुरु भएको सो भेला साँझ ७ बजे सकेपछि एम्पायर दोहोरी साँझमा गएर ग्रुपका सदस्यहरुले बाँसुरीको प्रस्तुतिहरु दिएका थिए ।
“बाँसुरी चौतारी बेलायत” मा ३० भन्दा धेरै सदस्य छन् । उक्त भेलामा उपस्थित सदस्यहरु यस प्रकार थिए ।
संयोजक- खड्क क्षेत्री
सल्लाहकारः दिपक चाम्लिङ
सदस्यहरु-
सुरेन्द्र इङ्नाम
भरत लोहोरुङ राई
सेमन्त राई
मेघ गुरुङ
कुल थापा
विस पुन मगर
लोकबहादुर थापा
भुपाल गुरुङ
पदम गुरुङ
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता