काठमाडौँ। सरकारले वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारी तीव्र पारेको छ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले घोषणा कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ मा भएका प्रावधान प्रयोग गर्ने जनाएको छ। प्लास्टिक झोलाले वातावरणमा नकारात्मक प्रभाव पारेको र मानव स्वास्थ्यलाई समेत प्रभावित पारेको भन्दै मन्त्रालयले सबै क्षेत्रलाई सो अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।
प्लास्टिक झोलाको प्रयोगबाट वातावरणमा नकारात्मक प्रभाव परेको यथार्थतालाई ध्यानमा राखी व्यवस्थापिका–संसद् अन्तर्गतको वातावरण संरक्षण समितिले गत भदौ ९ गते नै २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणाका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।
प्लास्टिक झोला नियन्त्रणका लागि चेतना अभियान सञ्चालन गर्ने, साधन र स्रोतको उचित परिचालन गर्ने, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवालासँग छलफल कार्यक्रम गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ ।
प्लास्टिकको झोला नियन्त्रणपछि वैकल्पिक व्यवस्थाका बारेमा उद्योगी व्यवसायीसँग पनि आवश्यक छलफल गर्ने र उपायको खोजी गर्न प्रेरित गर्ने मन्त्रालयले जनाएको छ ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम