काठमाडौँ। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक सद्भावना भ्रमण पूरा गरी शनिबार दिउँसो ढाकातर्फ प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै भेटेर उनले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग अभिवृद्धिमा सहकार्य गर्दै अघिबढ्ने राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश प्रवाह गर्नुका साथै नेपाल उच्च चीनको प्राथमिकतामा रहेको बताएका थिए।
शुक्रबार आफ्ना समकक्षी महेन्द्रबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्तापछि ८० करोड चिनियाँ युआन अनुदान सहायता वृद्धिको घोषणा तथा नेपाल, भारत र चीनबीचको सहकार्यबाट दक्षिण एसियामा समृद्धि सुनिश्चित गर्न सकिने विचार व्यक्त गरेर उनले चिनियाँ विदेश नीतिको व्यापकता प्रष्टाएका थिए।
निजामती अस्पताललाई चिकित्सकीय उपकरण हस्तान्तरण र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणको शिलान्यास गरेर चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिनुभएका चिनियाँ विदेश मन्त्रीको भ्रमणलाई सफल मानिएको छ ।
मन्त्री वाङलाई विमानस्थलको विशिष्ठ कक्षमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र चिनियाँ दूतावासका पदाधिकारीले गरे।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण