काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइरालाले चारपक्षीय बैठकअघि सबै पक्षसँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको प्रयास गरेका छन्। बिहान साढे ८ बजे प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष दाहालबीच वार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग र दिउँसो २ बजे मधेसी मोर्चासँग वार्ता गर्नेछन्। ४ बजे चार पक्षबीच बैठक हुनेछ।राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा दलहरुबीच सहमति जुट्न बाँकी छ।
बुधबारको बैठकपछि ट्विट गर्दै एमाले अध्यक्ष ओलीले नेताहरूबीच बुधबार भएको ‘वान टु वान’वार्ताको निष्कर्षसहित बिहीबार फेरि सामूहिक वार्तामा बस्ने तय भएको उल्लेख गरेका छन्।
यसअघि बुधबार अपरान्ह भएको वार्तामा नेकपा (एमाले) का अध्यक्ष ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रभावित हुने गरी सार्वजनिक कार्यक्रममा आरोप–प्रत्यारोप नगर्ने सहमति गरेका छन्।
एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहालबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवैले आरोप–प्रत्यारोप नगर्ने बताएका हुन्।
संविधानका अन्तर्वस्तुमा सहमति खोज्न बसेको चार राजनीतिक शक्तिका नेताहरूबीच बसेको बुधबारको बैठक आपसी विश्वासको वातावरण बनाउन केन्द्रित थियो।
गत शनिबारको बैठक एकीकृत माओवादीले बहिष्कार गरेपछि दुई नेताबीच वाकयुद्ध चर्किएको थियो। उनीहरू व्यक्तिगत आरोप–प्रत्यारोमै उत्रिएका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते