काठमाडौँ। पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ। विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले मङ्गलबार दिउँसो ३ बजे अन्टार्टिका महादेशको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान स्थापना गरेको हो ।
टोलीकी संयोजक शैली बस्नेतका अनुसार, चार हजार ८९२ मिटर अग्लो सो शिखर चुम्ने आरोहीमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, माया गुरुङ र निम्डोमा शेर्पा छन् ।
महिला मात्र सम्मिलित टोलीले सातै महादेशका सर्बोच्च शिखरको सफलतापुर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको हो ।
विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहणबाट सुरु भएको यस अभियानअन्तर्गत उक्त समावेशी टोलीले यसअघि अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका सबैभन्दा अग्ला हिमशिखरको सफल आरोहण गरेको थियो ।
उचाइ धेरै नभए पनि अति नै चिसो, जोखिम, दूरी र खर्चका दृष्टिले सात शिखरमध्ये सबैभन्दा चुनौतीपूर्ण आन्टार्टिका रहेको टोली संयोजक बस्नेतको भनाइ छ ।
आफ्नो टोलीको असाधारण अभियान सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, पर्यटन बोर्ड, उद्योगी, व्यवसायी, विदेशस्थित नेपाली राजदूतावासलगायत सम्पूर्ण स्वदेशी, विदेशी सहयोगीप्रति समावेशी महिला पर्वतारोही दलले आभार व्यक्त गरेको छ ।
हिमशिखर आरोहणका साथै महिला सशक्तिकरण, बालिका शिक्षा र पर्यावरण संरक्षणलाई पनि आफ्नो अभियानको उद्देश्य बनाएको सो सात सदस्यीय टोलीमा आशाकुमारी सिंह र पुजन आचार्य पनि छन् ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय