
लन्डन । लन्डन साउथहलस्थित श्री सोराठी प्रजापति मण्डल साउथहल युकेले नेपालको अनाथ आश्रमलाई २० हजार पाउण्ड (करिब २९ लाख रुपैयां) सहयोग गरेको छ । उक्त समुदायले शनिबार आफ्नै सामुदायिक भवन साउथहलमा एक विशेष कार्यक्रम गरि भक्तपुरस्थित मुस्कान सेवा नेपाललाई २० हजार पाउण्डको चेक हस्तान्तरण गरेको हो ।
धार्मिक कार्यक्रमबीच संस्थाका अध्यक्ष, उपाध्यक्ष र महासचिव क्रमशः हसमुख जादभ टंक, कान्ति भाइ र भावेस नट्टुभाइ ढोकियाले बेलायतस्थित नेपाली समुदायका चिरपरिचित समाजसेवी उमेश मोक्तानलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण अघि सभाहलमा मुस्कान सेवा नेपालले तयार पारेको एउटा भिडियो देखाइएको थियो जसमा आश्रित अनाथ बालबालिकाले गरेका विविध गतिविधि समेटिएको थियो । भिडियो हेरेर धेरै भावुक बनेका थिए ।
यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष मोक्तानकै पहलमा उक्त संस्थाले मुस्कान सेवा नेपाललाई भवन निर्माण सहयोगार्थ रकम सहयोग गरेको हो । उक्त संस्थाका पूर्व अध्यक्ष एवं ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहानसंग निकट सम्वन्धमा रहेका मोक्तानले चौहानकै कार्यकालमा सिफारिस र पहल गरेपछि संस्थाका पदाधिकारीले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी राई गुरुङसंगको नियमित वार्ता, संस्थाबाट उपलव्ध कागजात, भिडियो प्रमाण र समाचार हेरेर अन्ततः सहयोग उपलव्ध गराएको मोक्तानले जनाए ।
मोक्तानले आफू यती अध्यक्ष हुंदा सन् २०१६ मा एक च्यारिटी कार्यक्रम गरि मुस्कान सेवा नेपाललाई ३४ सय पाउण्ड प्रदान गरेका थिए ।
हाल १४ अनाथ वालवालिकाको लालनपालन, रेखदेख, शिक्षा लगायत सम्पूर्ण व्यवस्थापन गरिरहेको मुस्कान सेवा नेपाल अहिले आफ्नो भवन निर्माणमा जुटेको छ । आगामी सेप्टेम्बरसम्म भवन निर्माण सकिइसक्ने र उद्घाटनका लागि मोक्तानसहित सोराठी प्रजापति संस्थाका पदाधिकारी समेत नेपाल जाने बताइएको छ । भविष्यमा पनि आर्थिक सहयोग जुटाउनेबारे पुनर्विचार गरिने गुजराती संस्थाका पदाधिकारीले आश्वासन दिएका छन् ।
मुस्कान सेवा नेपालले बालबालिकालाई खान बस्न वा अध्ययनमात्र व्यवस्था नगरि आफ्नै सन्तान जसरी अन्य अतिरिक्त गतिविधिमा समेत संलग्न गराएर आफ्नै घरमा रहेको आभास दिलाएको छ ।
तस्विर जीवन के गाउंले
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते