काठमाडौँ। अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर लगानी गर्ने भएको छ। उक्त आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौतामा आगामी सोमबार प्रवद्र्धक कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) र आइएफसीबीच सम्झौता हुने भएको छ ।
अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थ मन्त्रालयमा भेटेर नेपालका लागि आइएफसीका देशीय प्रबन्धक काइल केलहोफरले उक्त जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ।
उक्त मन्त्रालयका अनुसार आयोजनालाई स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै केलहोफरले मन्त्री महतलाई आगामी सोमबार सेयर लगानीसम्बन्धी सम्झौता गर्न लागेको जानकारी गराए।
आइएफसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर केही स्रोतको सुनिश्चितता गर्ने जानकारी दिँदै प्रबन्धक केलहोफरले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा पनि लगानी गर्ने दृढता व्यक्त गरे।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने