काठमाडौँ। अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर लगानी गर्ने भएको छ। उक्त आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौतामा आगामी सोमबार प्रवद्र्धक कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) र आइएफसीबीच सम्झौता हुने भएको छ ।
अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थ मन्त्रालयमा भेटेर नेपालका लागि आइएफसीका देशीय प्रबन्धक काइल केलहोफरले उक्त जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ।
उक्त मन्त्रालयका अनुसार आयोजनालाई स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै केलहोफरले मन्त्री महतलाई आगामी सोमबार सेयर लगानीसम्बन्धी सम्झौता गर्न लागेको जानकारी गराए।
आइएफसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर केही स्रोतको सुनिश्चितता गर्ने जानकारी दिँदै प्रबन्धक केलहोफरले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा पनि लगानी गर्ने दृढता व्यक्त गरे।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते