लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यतिखेर लन्डनमा छन् । यसपटक उनी न खेल अभ्यासमा छन्, न उनलाई प्रतियोगितामा हारजितको दवाव वा चिन्ता छ । बरु, यो पटकको बेलायत भ्रमणलाई खड्काले सम्वन्ध विस्तार र अवसरको खोजीमा सदुपयोग गरिरहेका छन् ।
कप्तान खड्काले मंगलबार इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रमुख अधिकारीहरुसंग लर्डसमा भेट गरेका छन् ।
करिब एक घण्टा लामो भेटमा नेपाल क्रिकेटसंग मजवुत सम्वन्ध विस्तार तथा भविष्यमा हुन सक्ने अवसरबारे छलफल भएको खड्काले जानकारी दिए । ‘इसिबी पदाधिकारी नेपाली क्रिकेट विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न सकारात्मक भएको पाएं’, पारसले कान्तिपुरसंग भने, ‘उनीहरु नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय जगतमा कमाएको ख्यातिबाट खुशी र आशावादी रहेछन् ।’
सन् २०१४ मा मार्लेबोन क्रिकेट क्लब (एमसीसी) पदाधिकारीसंग भएको भेट वार्तापछि सन् २०१६ मा नेपाली टोलीले लर्डसमा पहिलो पटक राम्रो खेल अवसर पाएको र फेरि जुलाइमा खेल तयारी भएको स्मरण गर्दै खड्काले आफ्नो यसपटकको बेलायत भ्रमण अवसरको खोजीका लागि केन्द्रित भएको प्रष्टयाए । पारसले एमसीसी पदाधिकारीसंग पनि भेटघाट कार्यक्रम तय भएको जानकारी दिए ।
लन्डनवासी प्रशान्त कुंवरले इसिबी पदाधिकारीसंगको भेट संयोजन गरेका हुन् । उक्त भेटमा जुलाई अन्तिम साता एमसीसीमा हुन लागेको खेलबारे समेत कुराकानी भएको थियो । आगामी २९ जुलाई आइतबार एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा त्रिकोणात्मक टि ट्वान्टी खेल हुंदैछ ।
पारसले सर्वाधिक महंगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शनका कारण ग्लोवल स्टारडम बनाउन सफल सन्दीप लामिछानेप्रति पनि गर्व गरे । ‘सन्दीपको खेलले नेपालमा पनि वल्र्ड क्लास खेलाडी छन् भन्ने प्रमाणित गरेको छ, यो हामी सबैको लागि ठूलो उपलव्धि हो’, उनले भने । सन्दीपको सफलतापछाडि पारसको उल्लेख्य भूमिका छ ।
यसैबीच, नेपाली युवा स्पिनर लामिछाने बुधबार बिहान लन्डन आइपुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व ११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका हुन् । क्यारेबियन देशमा आंधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो ।
आइसीसीले छानेको विश्व–११ टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध खेल्नेछन् । आइसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूक रंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् ।
वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायत खेलाडी छन् ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक