काठमाडौं। नयाँ संविधानको अन्तरबस्तुमा सहमति जुटाउन शनिबार भएको ‘निर्णायक वार्ता’ निष्कर्षविहीन मात्रै नभएर दलहरुबीच दूरी बढाएको छ। बिहान ८ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठक करिब आधा घण्टापछि नै एकीकृत नेकपा माओवादीले बहिस्कार गरेको थियो। त्यसपछि वार्ता कसको कारण निष्कर्षमा पुगेन भनेर प्रत्यारोप शुरु भएको छ। एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमालेले संविधानको अन्तर्वस्तुमा छलफलै गर्न नचाहेको बताए ।
‘कांग्रेस–एमालेको प्रस्तुति सहमतिभन्दा पनि प्रक्रियामा बढी जोड दिने प्रकारको थियो’, शनिबार बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीबाट सहमतिभन्दा प्रक्रियामा जाने, अमूर्त र व्यंग्यात्मक, धम्कीपूर्ण प्रस्तुति आयो,’ श्रेष्ठले भने, ‘हामीले शनिबारको वार्ताबाट ठूलो अपेक्षा लिएका थियौं । केही दिनदेखि अनौपचारिक र औपचारिक रुपमा कुराकानी भइरहेका थिए । त्यसले पनि सकारात्मक हुने ठानेका थियौं । त्यस्तो भएन । परिणाम ठीक विपरीत निस्कियो ।’
उपाध्यक्ष श्रेष्ठले ट्वीटरमा एक सातादेखि सकारात्मक रहँदै आएका कांग्रेस, एमाले एक्कासी पूर्ण रुपमा नकारात्मक भएको बताएका थिए। बैठकमा एमाले अध्यक्ष ओलीले धारणा राख्दै गर्दा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बाबुराम भट्टराई र श्रेष्ठ बाहिरिएका थिए । तर, एकीकृत माओवादी माघ ८ गते संविधान जारी प्रक्रिया रोक्न विभिन्न बहाना बनाउने गरेको आरोप लगाएको छ। ‘नयाँ संविधानका अन्तर्वस्तुमा निर्णायक वार्ता गर्ने पक्षमा छौं, तर सिरियस वार्ता भइरहँदा उहाँहरु (एमाओवादी नेता) अकस्मात बैठक छाडेर बाहिरिनुभयो,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘वार्ता हुँदा उहाँहरु एउटा–एउटा बहाना बनाएर बैठक छाडेर हिँड्नुहुन्छ।’
माओवादीसँग वार्ता भाँडिएपछि कांग्रेस, एमालेले शनिबार साँझ नै मधेशी दलहरुसँग वार्ता गरेका छन्। वार्ता सकारात्मक भए पनि कुनै निष्कर्ष निस्केन। दुवै पक्षबीच सहमतिमा निकास खोज्ने र आइतबार फेरि एकीकृत माओवादीसहित बसेर छलफल गर्ने सहमति भएको छ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय