काठमाडौं–नायिका झरना थापाले आफ्नी छोरी सुहाना थापालाई फिल्ममा ‘डेब्यु’ गराउने भएकी छन् । उनले आफ्नो होम प्रोडक्टसन हिट फिल्म ‘ए मेरो हजुर’ को सिक्वेलमार्फत छोरीलाई फिल्म उधोगमा डेब्यु गराउन लागेकी हुन् ।
‘ए मेरो हजुर–३’ मार्फत झरनाले छोरीलाई फिल्ममा ल्याउने तयारी गरेकी हुन् । ‘ए मेरो हजुर’मा झरना र स्व. नायिक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेका थिए । उक्त सिनेमा सुपरहिट भएको थियो । त्यसपछि झरनाले बनाएको सिक्वेल ‘ए मेरो हजुर–२’ मा साम्राज्ञीराज्यलक्ष्मी शाह र सलिनमान बाँनियाले मुख्य भूमिका निभाएका थिए ।

झरनाको होम प्रोडक्समा निर्माण हुँदै आएको ‘ए मेरो हजुर’को तेस्रो सिरिजमार्फत अब उनले छोरीलाई डेब्यु गराउन लागेकी हुन् । उनले छोरीको डेब्यु फिल्ममा सर्वाधिक ठूला स्टार अभिनेता मानिने अनमोल केसीलाई अपोजिट भूमिकामा खेलाउनेछिन् ।
अनेमाललाई शनिबार निर्माण पक्षले अनुबन्ध समेत गरिसकेको छ । अनमोललाई ३० लाखमा अनुबन्ध गरेको खबर मिडियामा आइरहेको छ । तर, यसबारेमा निर्माण पक्षले भने आधिकारिक पुष्टि गरिसकेको छैन् ।
भुवन केसीका छोरा अनमोल हिरो रहने फिल्मको निर्माण झरनाका श्रीमान सुनिलकुमार थापाले गर्दैछन् भने निर्देशन झरना स्वंयमले गर्नेछिन् । यसअघि उनले ‘ए मेरो हजुर–२’ को निर्देशन गरिसकेकी छिन् । फिल्मको सुटिड भदौबाट हुने बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते