काठमाडौं–नायिका झरना थापाले आफ्नी छोरी सुहाना थापालाई फिल्ममा ‘डेब्यु’ गराउने भएकी छन् । उनले आफ्नो होम प्रोडक्टसन हिट फिल्म ‘ए मेरो हजुर’ को सिक्वेलमार्फत छोरीलाई फिल्म उधोगमा डेब्यु गराउन लागेकी हुन् ।
‘ए मेरो हजुर–३’ मार्फत झरनाले छोरीलाई फिल्ममा ल्याउने तयारी गरेकी हुन् । ‘ए मेरो हजुर’मा झरना र स्व. नायिक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेका थिए । उक्त सिनेमा सुपरहिट भएको थियो । त्यसपछि झरनाले बनाएको सिक्वेल ‘ए मेरो हजुर–२’ मा साम्राज्ञीराज्यलक्ष्मी शाह र सलिनमान बाँनियाले मुख्य भूमिका निभाएका थिए ।

झरनाको होम प्रोडक्समा निर्माण हुँदै आएको ‘ए मेरो हजुर’को तेस्रो सिरिजमार्फत अब उनले छोरीलाई डेब्यु गराउन लागेकी हुन् । उनले छोरीको डेब्यु फिल्ममा सर्वाधिक ठूला स्टार अभिनेता मानिने अनमोल केसीलाई अपोजिट भूमिकामा खेलाउनेछिन् ।
अनेमाललाई शनिबार निर्माण पक्षले अनुबन्ध समेत गरिसकेको छ । अनमोललाई ३० लाखमा अनुबन्ध गरेको खबर मिडियामा आइरहेको छ । तर, यसबारेमा निर्माण पक्षले भने आधिकारिक पुष्टि गरिसकेको छैन् ।
भुवन केसीका छोरा अनमोल हिरो रहने फिल्मको निर्माण झरनाका श्रीमान सुनिलकुमार थापाले गर्दैछन् भने निर्देशन झरना स्वंयमले गर्नेछिन् । यसअघि उनले ‘ए मेरो हजुर–२’ को निर्देशन गरिसकेकी छिन् । फिल्मको सुटिड भदौबाट हुने बताइएको छ ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप