ललितपुर, ७ जेठ – काठमाडौँ उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ ।
वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो ।
उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउनुहुन्छ । काठमाडौँ उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा–एउटा स्टेशन छन् ।
गत वर्ष जडान भएको ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । उहाँ भन्नुहुन्छ, “त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।”
सीमा नजिकका ठाउँमा छिमेकी मुलुकबाट समेत धुलोधुवाँ आउने सम्भावना हुन्छ । तर कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन । उहाँ भन्नुहुन्छ, “कुन–कुन उद्योगले कति र कस्ता फोहर निकाल्छन् भन्ने विस्तृत अध्ययन गर्नुपर्छ ।” नेपालभित्रै भएका उद्योगको समेत कहाँ–कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् भन्ने एकीकृत तथ्याङ्क छैन ।
सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढी छ ।
काठमाडौँ उपत्यकामा भने गर्मी महिनामा भन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ । विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेशन राख्ने योजना गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा