काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुई पार्टीको केन्द्रीय समिति र स्थायी समिति भागबण्डामा समेत सहमति जुटेको छ ।
ओलीले बुधबार साँझ बालुवाटारमा बोलाएको एमाले स्थायी समितिको बैठकमा दाहालसँग ४४१ सदस्सीय केन्द्रीय समिति बनाउने विषयमा सहमति जुटेको बिफ्र गरेको एक नेताले बताए । ती नेताकाअनुसार २४१ एमाले र २०० माओवादीबाट हुनेछन् ।
यस्तै, एकीकृत पार्टीको ४३ सदस्सीय स्थायी समिति हुनेछ । जसमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन् । दुई अध्यक्षको सहमतिअनुसार पोलिटब्यूरो भने एकीकृत पार्टीमा हुनेछैन् ।
एकीकृत पार्टीको नाम नेपाल पार्टी हुनेछ । चुनाव चिन्ह भने सूर्य नै राख्ने विषयमा दुवै अध्यक्ष सहमत भएका छन् । बिहीबार नै मदन भण्डारी स्मृति दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने तयारी पनि दुवै दलले गरेका छन् ।

पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागीहरु । तस्बिर सौजन्य- प्रधानमन्त्रीको सचिवालय, रासस
अहिले एमालेसँग भएको सहमतिका विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यलयको बैठक जारी छ । स्रोतकाअनुसार उक्त बैठकले एमालेसँगको सहमति अनुमोदन गर्नेछ । यस्तै, एमाले स्थायी समितिले भने पार्टी एकतासँग सम्बन्धित उक्त सहमतिलाई अनुमोदन गरेको बताइएको छ ।
भोलि नै पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ भने निर्वाचन आयोगमा पनि भोलि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्ने योजना छ । भोलि नै विहान ओली र दाहाल बल्खुमा मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
भोलि एकता संयोजन समितिको बैठकपछि पार्टी एकताबारेको लिखित सहमति सार्वजनिक हुने बताइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’