काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ ।
एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सहकोषाध्यक्ष थिए ।
त्यस्तै एन्फाका मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मनार्थ उपाध्यक्ष तथा आर्थिक समिति संयोजकमा शिक्षित पराजुली र अन्तर्राष्ट्रिय प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिका संयोजकमा नवीन पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित किरण राईलाई बैठकले प्रवक्ताको जिम्मेवारी दिएको छ भने लेखा परीक्षण र अनुशासन समिति संयोजकमा दीपक खातीलाई मनोनयन गरेको छ ।
बैठकले १८ वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगिता आगामी जेठ २९ गतेदेखि गर्ने, एन्फामा आबद्ध जिल्ला संघको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रीय प्रतियागिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सञ्चालन गर्नेलगायत विषयमा निर्णय भएको एन्फाले जनाएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी