लण्डन । गीतकार निलम आङ्बुहाङ राईको तेस्रो गीति एल्बम ‘निलम’ सार्वजानिक गरिएको छ ।
फोल्क्सटनस्थित सनक्लिफ कम्युनिटी सेन्टरमा एक कार्यक्रम आयोजना गरी एल्बम विमोचन गरिएको हो ।
स्रष्टा निलम आङ्बुहाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा टुआर जीआरका गोर्खा मेजर प्रेमबहादुर गुरूङ प्रमुख अतिथि रहेका थिए । नेपाली महिला संघ, लण्डनका महासचिव तथा गीतकार शशी थापा सुब्वा विशेष अतिथिको रूपमा उपस्थित रहेको उक्त कार्यक्रममा इलाम सोसाईटी युकेका अध्यक्ष राजेन्द्र राई, बिएफबिएस गोर्खा रेडियोका स्टेशन मेनेजर लाल शाही, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कोषाध्यक्ष कवि देवेन्द्र खेरेस, नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक तथा कानुनविद् चण्डिराज राई, संघीय मासिक पत्रिकाका प्रधान सम्पादक सुरेन्द्र इङ्नाम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यिक स्रष्टाहरूलाई अतिथिका रुपमा उपस्थित थिए
समारोहमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक सदस्य गायक भूमिराज राईले स्वागत मन्तब्य व्यक्त गरेका थिए । निलम एल्बमको बारेमा गीतकार ईश्वर चाम्लिङले आफ्नो धारणा राखेका थिए । सरल भाषाशैलीमा मन छुने गीत लेखेर गीतकार निलम आङ्बुहाङ राई नेपाली सांगीतिक बजारमा स्थापित गीतकार हुन सफल रहेको चर्चा उनले गरेका थिए ।
अर्का वक्ता गीतकार शशी थापा सुब्वाले गीतकार निलम आङ्बुहाङ राईको गीतले मन छोएको बताएका थिए । उनको गीति लेखन कार्य निरन्तरताको कामना गर्दै नयाँ एल्बमको सफलताको शुभकामना ब्यक्त गरेकी थिइन् । गोर्खालीहरू बन्दुक चलाउन मात्र सिपालु नभई सृजनात्मक कार्यमा पनि अगाडि भएकाले लाहुरे परिवार हुनुमा गर्व गर्नुपर्ने थापा सुब्बाको धारणा थियो ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कोषाध्यक्ष कवि देवेन्द्र खेरेसले गीतकार निलम आङ्बुहाङ राईको निरन्तर गीति लेखन कार्यले नेपाली गीत संगीत क्षेत्रमा ठूलो योगदान रहेको चर्चा गरेका थिए । नयाँ एल्बममा समेटिएका गीतहरूले स्रोताहरूको मन जित्न सफल हुने विश्वास ब्यक्त गर्दै उनले राईको गीति लेखन कार्य अझ सशक्त भएर अगाडि बढोस् भन्ने शुभकामना दिएका थिए ।
प्रमुख अतिथि गोर्खा मेजर प्रेमबहादुर गुरूङले राईको गीति लेखन कार्यको प्रशंसा गर्दै गीतकारलाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गरेका थिए । इलाम सोसाईटी युकेका अध्यक्ष राजेन्द्र राईले पनि नयाँ एल्बमको सफलताको कामना गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
गीतकार निलम आङ्बुहाङ राईको एकल शब्द रहेको निलम एल्बममा जम्मा सातवटा गीतहरू समावेश छन् । गीतहरूमा सुरेश अधिकारी, शान्तिराम राई, बीबी अनुरागी, खगेन्द्र पन्धाक लिम्बु र रमेश खड्काको संगीत रहेको छ भने रीमा गुरुङ, हेमन्त शर्मा, स्वरुपराज आचार्य, मिलन अमात्य, शाहिद मालिया, लक्ष्मण लिम्बु र बीबी अनुरागीको अवाज सुन्न सकिन्छ ।
गितकार निलम आङ्बुहाङ राईको जुनी जुनी भाग १ र भाग २ को सफलतापछि यो तेस्रो एल्बम बजारमा आएको हो । पहिलो पटक एकल शब्द रचनामा विविध संगीतकार अनि गायक गायिकाहरुको आवाज समेटिएको गीति एल्बमले स्रोताहरूलाई नौलो स्वाद दिने अपेक्षा गरिएको छ ।
स्रष्टा निलम आङ्बुहाङ राईले कार्यव|mममा उपस्थितिका लागि सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै उनको गीति लेखनका बारेमा जानकारी गराएकी थिइन् । एल्बम बिक्री वितरणमा कमी आएकोलेे स्रष्टाहरूको लगानी मात्र खेर गइरहेको अवस्थामा नेपाली गीत संगीतलाई माया गरेर स्रष्टाहरूलाई सहयोग गर्न उनले आग्रह गरेकी थिइन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका विशिष्ट सदस्य, कवि तथा गीतकार मुकेश राईले सञ्चालन गरेको कार्यक्रममा एल्बम विमोचनसंगै एल्बमभित्रका दुई गीतहरुको म्युजिक भिडियो पनि सोही कार्यक्रममा पहिलो पटक प्रिमियर शो गरिएको थियो । गीतकार निलम आङ्बुहाङ राईको नयाँ एल्बमलाई निलम क्रिएसनको व्यवस्थापनमा बजारमा ल्याइएको हो ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=mGLZWiHMdLQ&feature=youtu.be&list=UUGTrGBQtty0uRbFN38rdoAgy
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु