लन्डन । ब्रिटिश सांसदहरुले नेपाल भ्रमण गर्ने भएका छन् । ब्रिटिश संसदका सम्माननीय सांसदहरु तथा ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य नाइजल इभान्सको नेतृत्वमा अन्य सांसद सदस्यहरु डेभिड मोरिस, केरी म्याकार्थी, बीरेन्द्र शर्मा, लर्ड बाल्फ डलिच, लर्ड ढोलाकिया र युनियनकी इन्टरन्यानशल प्रोजेक्ट म्यानेजर मिस इमिली डेभिज सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले यही मे ६ देखि १२, मे २०१८ सम्म नेपालको भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।
नेपाल भ्रमणको वखत उक्त प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, का.मु. प्रधान न्यायाधीश, परराष्ट्रमन्त्री, उर्जामन्त्री, महिला, बालबालिका र समाज कल्याणमन्त्री लगायत विशिष्ट व्यक्तिसंग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको लन्डनस्थित नेपाली दूतावासले बुधबार अपरान्ह जनाएको छ ।
संयुक्त अधिराज्यका लागि नेपाली महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले बुधबार (मे २ का दिन) ब्रिटिश संसदका सम्माननीय सदस्य नाइजल इभान्स तथा प्रतिनिधि मण्डलका सांसदहरु श्रीमती केरी म्याकार्थी, लर्ड ढोलाकिया र युनियनकी इमिली डेभिससंग उहांको कार्यकक्षमा शिष्टाचार भेट गरी सम्माननीय सांसदहरुको नेपाल भ्रमणको तयारीबारे जानकारी गराउनुभयो ।
उक्त भेटमा राजदूत डा. सुवेदीले ब्रिटिश सांसदहरुको नेपाल भ्रमणले द्विपक्षीय सहयोग र सम्बन्धलाई अझ थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने कुरा व्यक्त गर्नुभयो ।
नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधान कार्यान्वयन भएको र निर्वाचित सरकारले आर्थिक विकासलाई मूल लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा बेलायती सांसदहरुको यो भ्रमण सार्थक र उत्प्रेरक हुने विश्वास व्यक्त गर्दै राजदूत डा. सुवेदीले दुई मुलुकका सांसदहरुबीचको सम्बन्धले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिमण्डलका नेता सम्माननीय इभान्सले तीन तहको निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भई नयां सरकार निर्माण भएका बेला नेपाल भ्रमण गर्न पाउनु सुखद संयोग रहेको बताउनुभयो ।
आफ्नो भ्रमणपश्चात नेपालको आर्थिक र सामाजिक विकासमा थप सहयोगका निम्ति ब्रिटिश सरकारलाई सिफारिश गर्ने बताउंदै इभान्सले दुई सय वर्षभन्दा पुरानो घनिष्ट सम्बन्ध रहेको नेपालसंग ब्रिटिश सरकार र जनताको सधैं सद्भाव र सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने