लन्डन । लन्डनमा आयोजित ब्रिटिश ट्राभल एण्ड हस्पिटालिटी अवार्डसमा नेपालको प्राकृतिक सौन्दर्य चर्चाले महत्व पाएको छ ।
सेन्ट्रल लन्डनको प्रसिद्ध डरचेस्टर होटलमा सोमबार सांझ ब्रिटिश ट्राभल ट्रेड व्यवसायीहरु सहभागी अवार्डस कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको सौन्दर्य वर्णन गर्दै भ्रमण गर्न अपिल गरे ।
उनले सो अवसरमा ब्रिटिश पर्यटकहरुलाई स्वागत गर्न नेपाल तत्पर रहेको सन्देश पनि दिए । जोशीले भूकम्पको प्रभावबाट नेपाल फेरि पहिलेकै स्थितिमा फर्किएको र पर्यटकहरुकालागि पूर्णरुपमा सुरक्षित रहेको पनि विश्वास दिलाए ।
जोशीले गत वर्ष नेपाल जाने पर्यटकहरुको संख्यामा २६ प्रतिशतले वृद्धि भएको बताए । बहादुर गोर्खा सैनिकहरुको मुलुक नेपाल यात्रा गर्न संसारमै सबैभन्दा सुरक्षित रहेको बताउंदै उनले नेपाल एक आनन्दित र आध्यात्मिक मुलुक भएको पनि उल्लेख गरे । आफ्नो मन्तव्य भइरहंदा नेपालमा २५६२ औं बुद्धजयन्ती मनाइ संसारभरि बुद्धको सन्देश स्मरण गरिएको समेत उनले सम्झिए ।
उनले नेपालमा ८८४८ मिटर अग्लो सगरमाथा देखि समुद्रसतहबाट केवल ६० मिटर अग्लो भूभाग पनि रहेको र विविधताकालागि नेपाल संसारमै अद्वितीय रहेको बताए । संसारभरिकै मानिसहरुले नेपाललाई मन पराउने, अत्यन्तै विविधतायुक्त मुलुक र त्रिकोणात्मक झण्डा भएको एकमात्र मुलुक भएको पनि उनले बताए ।
पर्वतारोहणदेखि साइक्लिङसम्म, पदयात्रादेखि चरा अवलोकनसम्म, साहसिक पर्यटन देखि योग र ध्यानकालागि पनि नेपाल लोकप्रिय गन्तव्य भएको उनले बताए ।
नेपाल तथा बेलायतबीच २०० वर्ष पुरानो सम्बन्ध रहेको र त्यो आपसी मित्रता र सहयोगमा आधारित रहेको बताउंदै उनले नेपालमा सन् २०१५ मा गएको विध्वंशकारी भूकम्पपछि बेलायती राजकुमार हयारी नेपालको ५ दिने भ्रमणमा गएपनि पछि आफ्नो भ्रमणलाई लम्ब्याएर ११ दिनसम्म नेपालमा रमाएको उनले स्मरण गरे ।
सयौं सहभागी उक्त अवार्डस कार्यक्रममा सस्टेनेवल विजनेश अवार्ड, विजनेश अचिभमेन्ट अवार्ड, योङ ट्राभल म्यानेजर अफ दि इयर, योङ ट्राभल इन्टरप्रिनर अफ दि इयर, योङ हस्पिटालिटी म्यानेजर अफ दि इयर, योङ हस्पिटालिटी इन्टरप्रिनर अफ दि इयर लगायत अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, नेपाल पर्यटन बोर्ड डेनमार्कका मानार्थ प्रतिनिधि सोम सापकोटा, बुद्ध फाउण्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठलगायत सञ्चारकर्मीहरुको पनि सहभागिता थियो ।
तस्विरहरु- शिव भण्डारी
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी