काठमाडौं। परराष्ट्र मन्त्रालयले जारी संविधान निर्माण प्रक्रियामा धर्म संवेदनशील विषयको रुपमा रहेको भन्दै त्यसमा अनावश्यक टिप्पणीले नेपाली समाजको सैहाद्रता र सहिष्णुतामा नकारात्मक असर गर्ने भन्दै बेलायती दूताबासको ध्यानाकर्षण गराएको छ।
धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न आग्रह गर्दै बेलायती राजदूत एन्डी स्पार्कसले लेख प्रकाशित गर्दा विवाद उत्पन्न भएपछि बेलायती दूतावासका अधिकारलाई बोलाएर स्पष्टिकरण लिदै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस प्रकारको विषयमा टिप्पणी गर्नु अघि सावधानी अपनाउन भनेको छ । परराष्ट्र मन्त्रालयका कार्यवहाक सचिव शंकर बैरागीले बेलायती दूतावासमा चार्ज डि अफेयर्ससँग राजदूत स्पार्कसको डिसेम्बर १० मा प्रकाशित लेखको बारेमा जिज्ञासा राखेका थिए ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन पारेर धर्म परिवर्तन अधिकारको माग गर्दै नेपाली सञ्चार माध्यममा लेख प्रकाशित गर्ने बेलायती राजदूत स्पार्कसले सभाषदहरुको नाममा खुल्ला पत्र लेखेका थिए। सो पत्रको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री सुशील कोइरालाले स्कार्कससँग स्पष्टिकरण लिन निर्देशन दिएका थिए।
यसैबीच बेलायती दूतावासले डिसेम्बर १० को पत्रले उदेश्यको बारेमा थप गलत फहमी नहोस भन्दै केही विषयमा स्पष्टिकरण दिएको छ। कुनै पनि व्यक्तिको धर्म परिवर्तन गर्न पाउने अधिकार रक्षाको विषयलाई राजदूतले उठाएको दूतावासले जनाएको छ। राष्ट्र संघ मानवअधिकार विश्वव्यापी घोषणा पत्रमा उल्लेख भए अनुसार विषय उठाएको दूतावासले जनाएको छ । जबरजस्ती धर्म परिवर्तनको कुरा नउठाएको दावी दूतावासको छ । ‘न त दूतावास वा यसका अधिकारीहरुले नेपालको प्रजातान्त्रिक ढंगबाट चुनिएको प्रतिनिधि र जनतालाई कुनै धर्मको बारेमा प्रचवन वा कुनै प्रवचन लाद्न खोजेको छ’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केहीले उठाउँदै आएको जस्तो हाम्रो धर्म निरपेक्षता बारेका कुनै अडान छैन। ‘यो विषय नेपाली जनता वा उनीहरुले चुनेको कुनै प्रतिनिधिले गर्ने कार्य हो’ विज्ञप्तिमा भनिएको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा