लण्डन । ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म टोलीलाई लण्डनस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ ।
बेलायतमा छायांकन गर्न आएको टोलीका कलाकारहरु, निर्माता र निर्देशकको सम्मानमा नेपाली दूतावासमा आयोजित एक समारोहलाई सम्वोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नयाँ बन्न लागेको चलचित्रले नेपाली दर्शकलाई छुट्टै स्वाद र अनुभूति दिने विश्वास व्यक्त गरे । उनले बेलायतमा नेपाली समुदाय बढेसंगै सांस्कृतिक गतिविधिहरु पनि बढिरहेको र बेलायतमै आएर चलचित्र छायांकन गर्ने कामले नेपाली कलाकार र प्राविधिकहरुलाई सिक्ने मौका मिलेको बताए ।
उनले चलचित्र सफल हुने विश्वास पनि व्यक्त गरे ।
चर्चित पत्रकार दिलभुषण पाठकले आफूलाई सानै देखि चलचित्रको नायक बन्ने धोको रहेको तर यो चलचित्रमा नायिकाको बाबुको भूमिका निर्वाह गरेर चित्त बुझाएको बताए । युवा कलाकारहरुसंग अभिनय गर्दा रमाइलो अनुभव भएको बताउँदै पाठकले आफूलाई भन्दा नायक नायिकातर्फ नै क्यामरा बढी सोझिएको भन्दै मजाक पनि गरे ।
एकताका कान्तिपुर टेलिभिजनमा ‘टफ टक’ कार्यक्रम चलाउने पाठकले अहिले भने सो कार्यक्रमबाट केही समयकालागि बिदा लिएको जनाए ।
सो अवसरमा चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक धिरज मगरले छोटो अभिनय पनि गरेर देखाएका थिए भने साम्राज्ञीले ‘ड्रीम्स’ भन्ने आफूले खेलेको चलचित्रको एउटा संवाद सुनाएकी थिइन् ।
चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राइले निर्देशन गरेको सो चलचित्रमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँइ लगायतका कलाकारहरु छन् ।
आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा प्रभु शमशेर जवरा, प्रज्ज्वल शमशेर जबराको लगानी रहनेछ । चलचित्रमा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह-निर्माताको रुपमा छन् ।
स्वागत समारोहमा चर्चित गायिका सीतु खरेलले राजदूत सुवेदीको सार्वजनिक हुन बाँकी गीति एल्बमका केही गीतहरु गाएर सुनाएकी थिइन् भने अमेरिकाबाट आएका कलाकार तथा साहित्यकार कृष्णमुरारी ढुंगानाले आफ्नो सशक्त अभिनय प्रस्तुत गरेका थिए ।
गायक तथा डिजे सपन राइले पनि आफ्ना गीतहरु सुनाए । त्यस्तै वरिष्ठ सन्चारकर्मी खगेन्द्र नेपालीले राजदूत सुवेदीका कविता आफ्नै आवाजमा सुनाएका थिए ।
कार्यक्रममा नेपालबाट आएका राजनीतिशास्त्री हरि शर्माले पनि आफ्नो मन्तव्य राखेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते