काठमाडौं। धर्म परिवर्तन अधिकारको माग गर्दै नेपाली सञ्चार माध्यममा लेख प्रकाशित गर्ने बेलायती राजदूत एन्डी स्पार्कसलाई सरकारले सोमबार स्पष्टिकरण लिने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत स्पार्कसलाई ‘समन’ गर्न लागेका हुन् । प्रधानमन्त्री कोइरालाले कांग्रेस संसदीय दलको आइतबारको बैठकमा बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए ।
कांग्रेस संसदीय दलको बैठकमा सभासद्हरु डा. शेखर कोइराला, डा. प्रकाशरण महत, रामहरि खतिवडालगायतले राजदूत स्पार्कसको अभिव्यक्तिप्रति सरकारको धारणा माग गरेका थिए। उनीहरुले आक्रोश पोख्दै सरकार चुप लाग्न नहुने धारणा राखेका थिए।
जबाफमा प्रधानमन्त्री कोइरालाले नेपालमा धर्म परिवर्तनलाई संवैधानिक मान्यता दिनुपर्छ भन्दै हिँड्ने राजदूत स्पार्कससँग स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी दिएका थिए।
प्रधानमन्त्रीले हिन्दु धर्मबारे सार्वजनिक बहस गर्नुभन्दा पार्टीभित्रै गृहकार्य गर्नु उचित हुने सुझावसमेत दिएका थिए। राजदूत स्पार्कसले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न भन्दै सभासद्हरूलाई खुलापत्र लेखेपछि बेलायती राजदूतावासअघि उनीविरुद्ध प्रदर्शन गर्नुका साथै देशका विभिन्न भागमा विरोध भएको छ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय