काठमाडौं। धर्म परिवर्तन अधिकारको माग गर्दै नेपाली सञ्चार माध्यममा लेख प्रकाशित गर्ने बेलायती राजदूत एन्डी स्पार्कसलाई सरकारले सोमबार स्पष्टिकरण लिने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत स्पार्कसलाई ‘समन’ गर्न लागेका हुन् । प्रधानमन्त्री कोइरालाले कांग्रेस संसदीय दलको आइतबारको बैठकमा बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए ।
कांग्रेस संसदीय दलको बैठकमा सभासद्हरु डा. शेखर कोइराला, डा. प्रकाशरण महत, रामहरि खतिवडालगायतले राजदूत स्पार्कसको अभिव्यक्तिप्रति सरकारको धारणा माग गरेका थिए। उनीहरुले आक्रोश पोख्दै सरकार चुप लाग्न नहुने धारणा राखेका थिए।
जबाफमा प्रधानमन्त्री कोइरालाले नेपालमा धर्म परिवर्तनलाई संवैधानिक मान्यता दिनुपर्छ भन्दै हिँड्ने राजदूत स्पार्कससँग स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी दिएका थिए।
प्रधानमन्त्रीले हिन्दु धर्मबारे सार्वजनिक बहस गर्नुभन्दा पार्टीभित्रै गृहकार्य गर्नु उचित हुने सुझावसमेत दिएका थिए। राजदूत स्पार्कसले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न भन्दै सभासद्हरूलाई खुलापत्र लेखेपछि बेलायती राजदूतावासअघि उनीविरुद्ध प्रदर्शन गर्नुका साथै देशका विभिन्न भागमा विरोध भएको छ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम