
लन्डन । बेलायतमा स्थापित ‘सयपत्री नेपाली सांस्कृतिक समूह यूके’ मा नयां नेतृत्व चयन भएको छ । सप्ताहन्त सम्पन्न समूहको साधारणसभाले डम्बर सिंहको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षहरुमा दीपक शाही र प्रभु गुरुङ, सचिव गौरव क्षेत्री, उपसचिव दीपक खड्का, कोषाध्यक्ष दीपक जिसी, सहकोषाध्यक्ष गिता केसी चयन भएका छन् ।
त्यसैगरि बोर्ड सदस्यहरुमा अविसा गुरुङ, अस्बिन शाही, डिबी सुनार र दिनेश अर्याल चयन भए ।
‘नेपाली कला संस्कृति नै राष्ट्रको पहिचान हो’ भन्ने मुल नारा बोकेर स्थापित उक्त समूहले बेलायतका अधिकांश स्टेज कार्यक्रममा नाचगानमार्फत नेपाली कला संस्कृति प्रस्तुत गर्दै आएको छ ।
नवनियुक्त अध्यक्ष सिंहले आफ्नो संस्था गैर राजनैतिक, गैर साम्प्रदायिक एक विशुद्ध सामाजिक संस्था भएको बताउंदै सबै नेपालीहरुको साझा घर भएको उल्लेख गरेका छन् ।
‘हामी विदेशमा केवल तन लिएर आएका छैनौं, नेपाली मन र नेपालीपन पनि लिएर आएका छौं’- अध्यक्ष सिंहले भने, ‘कर्मभूमि जहां भएपनि नेपाली मन र नेपालीपनमा जिउनु पर्छ र हाम्रो कला र संस्कृतिको जगेर्ना र सम्वर्धन गर्नुपर्छ । यो नै हाम्रो पहिचान हो । जसलाई सयपत्री नेपाली सांस्कृतिक समूह यूके ले आत्मसाथ गरेको छ ।’
समूहका संस्थापक अध्यक्ष एल बी गुरुङले नयां निर्वाचित कार्यसमितिलाई वधाइ तथा शुभकामना दिएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण