लण्डन । यही मे १९ मा हुने चौथो अधिवेसनको संघारमा रहेको नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचनका कार्यक्रम शनिबार प्रकाशन गरिएको छ ।
निर्वाचन समितिका संयोजक विजय थापाको अध्यक्षतामा लण्डनमा बसेको बैठकले निर्वाचन कार्यक्रम र निर्वाचन नियमावलीलाई पारित गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार मे ५ तारिख शनिबार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो २ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध र साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।
त्यस्तैगरी, उम्मेदवारको मनोनयन मे १३ आइतबारका दिन दिउँसो १० बजेदेखि २ बजेसम्म एभरेष्ट ल सोलिसिटर्स, इलिंग ब्रोडवेमा हुने छ । उम्मेदवारीमाथि दाबी विरोध र नाम फिर्ता सोही दिन दिउँसो ५ बजेसम्म गर्न तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने बताइएको छ ।
मतदान मे १९ तारिखका दिन एम्पायर ब्यांक्वेटिङ हलमा बिहान १० देखि दिउँसो १ बजेसम्म र निर्वाचन परिणाम घोषणा ४.३०बजे गरिने छ ।
यस्तै, उम्मेदवारी दर्ताका लागि अध्यक्षका लागि २०० पाउण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवका लागि १७५ पाउण्ड, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षका लागि १५० पाउण्ड तथा सदस्यका लागि १०० पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ ।
बैठकमा निर्वाचन समितिका सदस्यहरु सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा तथा विकलचन्द्र आचार्य र दुत पुनको उपस्थिति थियो ।
निर्वाचनको नियमावली, कार्यक्रम तथा अन्य जानकारी www.fnjuk.org मा उपलब्ध हुने छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण