एकाबिहानै
बादलुको पर्दा खोलेर
किरणको जुलुस
शुभकामना बोकेर
वसन्तको ध्वजा पतका फहराउन
हर्ष, उल्लास, उमंगमा
खातका खात
योजनाका गाताहरु बोकेर
शान्तिको लालीमा
खेत, पाखा, आली, कान्ला
घर, आंगनमा छर्न
आरोह, अवरोहको यात्रामा
सुख,सम्वृद्धि, आरोग्यताको
मन्द पवनमा
करोडौं मुटु चलोस् भनेर
आउंदैछ नयां वर्ष २०७५
अनुपम स्वर्णीम शुभकामना बोकेर …
त्यसैले तिमी
स्वच्छ मन, वचन र कर्मले
मनका तरंगहरु
मायाका बिम्बहरु
मुटुका स्पन्दनहरु
सोचका अलंकारहरु
इन्द्रेणीले श्रृंगारेर
उत्कृष्ठ उत्सर्गमा
शान्तिको स्वाशमा
निरन्तर मुटु खेलोस् भनेर
स्वर्णीम मंगल कलश राखेर
मनका झ्यालहरु खोल
मनका ढोकाहरु खोल
मनका कन्तुरहरु खोल
जीवनको खेत पाखाहरुमा
धर्म, कर्म आशा भरोसाका
र संस्कृतिका कोदाली चलाउंदै
प्रज्वलित स्वच्छ विचारका पालुवाहरु
विश्वासको पवित्र मन्दिरमा फक्राई रहन
शान्तिमा जीवन सगरमाथा उठाउन
र
इन्द्रेणीका गाउं शहर बस्तीहरुमा
शान्तिको ज्योती फिंजाउन
अनि
आगो र पानीको
विजय उत्सव मनाउन …!
आउंदैछ नयां वर्ष २०७५
स्वर्णीम शुभकामना बोकेर
हाम्रो तिमीलाई, उसलाई, सबैलाई
हार्दिक मंगलमय शुभकामना
शुभकामना, शुभकामना शुभकामना
नयां वर्ष २०७५ सालको
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार