काठमाडौं। ‘धर्म परिवर्तन सम्बन्धी अधिकार नेपालले सुरक्षित गर्ने छ’ भन्दै नेपालका सभाषदको नाममा खुला पत्र लेखेपछि नेपालस्थित बेलायती राजदूत एन्डी स्पार्कस् विवादमा तानिएका छन्। नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने पक्षमा अभियान चलाउँदै आएका संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा देशले नाङ्गो हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्।
‘केही करोड डलर सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ ? नेपालको संविधानमा यो लेख र ऊ लेख भनेर खटनपटन गर्न पाइन्छ ?’
बेलायती राजदुत एन्डी स्पार्कस्ले धर्म परिर्वतनलाई नयाँ संविधानमै सुनिश्चित गर्न सभासदहरुलाई खुलापत्र लेखेर गरेको आग्रहप्रति आपत्ति जनाउँदै उनले भने-‘धर्म परिवर्तन गर्ने अधिकार संविधानमै लेख्नुपर्छ भनेर आदेश दिने अधिकार कहाँबाट आयो ?’
डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सभासदहरूलाई लेखिएको ‘खुलापत्र’मा राजदूत स्पार्कस्ले यस्तो अभिमत जाहेर गरेका हुन्। ‘हामी धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न तपाईंहरूलाई प्रोत्साहित गर्दछौं’, उनले भने।
‘द्वन्द्वपछिको नेपालले हासिल गरेका प्रगति महत्त्वपूर्ण छन्। संयुक्त अधिराज्य नेपालको सबभन्दा ठूलो द्विपक्षीय सहयोगी र दाता हो, हाम्रा जनताको एकअर्काप्रति विशेष सम्बन्ध छ’, स्पार्कस् भन्छन्।
‘यो सहज पक्कै हुँदैन’, उनले भनेका छन्, ‘तर त्यो संविधान निर्माण विश्वलाई नेपालको प्रतिबद्धता प्रदर्शन गर्ने ऐतिहासिक अवसर पनि हो। त्यसैले हामी आशा गर्छौं कि तपाईंहरू एउटा त्यस्तो संविधान र आधारभूत कानुनका पक्षमा उभिनु हुनेछ, जसमा विश्वव्यापी मानवअधिकारका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता व्यक्त हुनेछ। यस्तो संविधानले नेपाल कति छिटो एउटा सहिष्णु, समावेशी र ज्ञानपूर्ण समाज निर्माणमा अगाडि बढेको छ भन्ने सबैलाई देखाउनेछ।’
राप्रपा नेपालसहित हिन्दु राष्ट्रको वकालत गर्दै आएका दलहरुले धर्म निरपेक्षता धर्म परिवर्तनको कारण भएको भन्दै आपत्ति जनाउँदै आएका छन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक