काठमाडौं। ‘धर्म परिवर्तन सम्बन्धी अधिकार नेपालले सुरक्षित गर्ने छ’ भन्दै नेपालका सभाषदको नाममा खुला पत्र लेखेपछि नेपालस्थित बेलायती राजदूत एन्डी स्पार्कस् विवादमा तानिएका छन्। नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने पक्षमा अभियान चलाउँदै आएका संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा देशले नाङ्गो हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्।
‘केही करोड डलर सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ ? नेपालको संविधानमा यो लेख र ऊ लेख भनेर खटनपटन गर्न पाइन्छ ?’
बेलायती राजदुत एन्डी स्पार्कस्ले धर्म परिर्वतनलाई नयाँ संविधानमै सुनिश्चित गर्न सभासदहरुलाई खुलापत्र लेखेर गरेको आग्रहप्रति आपत्ति जनाउँदै उनले भने-‘धर्म परिवर्तन गर्ने अधिकार संविधानमै लेख्नुपर्छ भनेर आदेश दिने अधिकार कहाँबाट आयो ?’
डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सभासदहरूलाई लेखिएको ‘खुलापत्र’मा राजदूत स्पार्कस्ले यस्तो अभिमत जाहेर गरेका हुन्। ‘हामी धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न तपाईंहरूलाई प्रोत्साहित गर्दछौं’, उनले भने।
‘द्वन्द्वपछिको नेपालले हासिल गरेका प्रगति महत्त्वपूर्ण छन्। संयुक्त अधिराज्य नेपालको सबभन्दा ठूलो द्विपक्षीय सहयोगी र दाता हो, हाम्रा जनताको एकअर्काप्रति विशेष सम्बन्ध छ’, स्पार्कस् भन्छन्।
‘यो सहज पक्कै हुँदैन’, उनले भनेका छन्, ‘तर त्यो संविधान निर्माण विश्वलाई नेपालको प्रतिबद्धता प्रदर्शन गर्ने ऐतिहासिक अवसर पनि हो। त्यसैले हामी आशा गर्छौं कि तपाईंहरू एउटा त्यस्तो संविधान र आधारभूत कानुनका पक्षमा उभिनु हुनेछ, जसमा विश्वव्यापी मानवअधिकारका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता व्यक्त हुनेछ। यस्तो संविधानले नेपाल कति छिटो एउटा सहिष्णु, समावेशी र ज्ञानपूर्ण समाज निर्माणमा अगाडि बढेको छ भन्ने सबैलाई देखाउनेछ।’
राप्रपा नेपालसहित हिन्दु राष्ट्रको वकालत गर्दै आएका दलहरुले धर्म निरपेक्षता धर्म परिवर्तनको कारण भएको भन्दै आपत्ति जनाउँदै आएका छन्।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण