
मिस नेपाल वल्ड २०१८ की विजेता शृङखला खतिवडा, मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौं । मिस नेपाल–२०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । द हिडन ट्रेजरले बुधबार सांझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल–२०१८ उपाधि हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । उनलाई ‘मिस नेपाल वल्ड’ निकिता चण्डकले क्राउन पहिरयाइदिइन् ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए । गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ र काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए ।

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक। तस्बिर – प्रदीपराज वन्त, रासस
यस वर्षको ‘मिस नेपाल २०१८’ मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य विष्ट, दीपक विष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा थिए ।
प्रतियोगितामा विभिन्न १२ विधामा टाइटल अवार्ड पनि दिइएको थियो ।
टाइटल अवार्डका विजेताहरु-
ब्युटिफूल हेयर- श्रृंखला खतिवडा
मिस फ्रेन्डसिप- साहारा लामा
मिस फोटोजेनिक- महिमा सिंह
मिस पङचुअल- लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअल- आश्मा ढुंगाना
मिस वेष्ट ऐथ्लिट- मेघा श्रेष्ठ
मिस कन्फिडेन्ट- आस्था साख
मिस फाससिनो- श्रृंखला खतिवडा
मिस ग्ल्यामर- मनिता देवकोटा
मिस पपुलर च्वाइस- सन्ध्या अधिकारी
मिस ट्यालेन्ट- रोनाली अमात्य
ब्यूटी वीथ द परपोज- प्रिया सिग्देल
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न