बुटवल-बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई भव्य बनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ । कोषको शनिबार लुम्बिनीमा बसेको बैठकले दुवै कार्यक्रमको तयारीका लागि बनेका उपसमितिलाई पूर्णता दिएको छ ।
बैठकले बुद्ध जयन्तीमा प्रदान गर्ने घोषणा गरिएको तर अबरुद्ध जस्तै रहेको अन्तर्राष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष अघि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराइले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ । यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ वटा मुलुकहरुले सहभागिता जनाउने भएका छन् । तीमध्ये १३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ ।
अन्य राष्ट्रका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिले सहभागिता जनाउने कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराईले जानकारी दिए । हालसम्म भारत, जापान, फ्रान्स, बेलायत, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंकालगायतका राष्ट्रले सहभागिता जनाउने पक्का भएको समेत उनले जानकारी दिए ।
वैशाख १५ र १६ गते आयोजना हुने बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्बिनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको जनाएको छ ।
सम्मेलनमा ६०० बौद्ध प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनको उद्घाटनका लागि बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउने सदस्य–सचिव भट्टराईले जानकारी दिए । त्यस्तै वैशाख १७ गते हुने मूल समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ ।
सभाहल निर्माण तीव्र
हावाहुरी र भारी वर्षाका कारण दुई वर्षअघि बुद्ध जयन्ती मूल समारोह बिथोलिएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै लुम्बिनीमा सभाहल निर्माणको निर्देशन दिएका थिए ।
कोषले तत्काल सभाहल निर्माणको प्रक्रिया शुरु गरेपनि परामर्शदाता छनोट, उसको सुझाव र बोलपत्र प्रक्रिया थाल्दा प्रक्रियामै दुई वर्ष लाग्यो । सम्भवतः बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउनुअघि प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा बन्न लागेको सभाहलको शीलान्यास गर्नेछन।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?