काठमाडौं। विधानमा रहेको अस्पष्टताका कारण महाधिवेशन भएको पाँच महिनापछि नेकपा एमालेमा शुक्रबारबाट पोलिटब्युरो निर्वाचनका प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले शुक्रबार मतदाता नामावली प्रकाशित गरेको छ । १ सय १७ पूर्ण केन्द्रीय सदस्यहरुले ५४ सदस्यीय पोलिटब्युरो छनोट गर्ने छन् । ३९ पूर्ण मध्ये २३ जना र बाँकी १५ जना वैकल्पिक सदस्यहरूको चयन हुनेछ । पदाधिकारी स्वत पोलिटब्युरो सदस्य हुने छन्। 
‘पार्टी विधानको व्यवस्था अनुसार केन्द्रीय कमिटीका १ सय १७ जना पूर्ण सदस्यले मतदाताका रूपमा मताधिकार प्रयोग गर्न सक्ने र विधानको धारा ३८ (ख) अनुसार स्थायी कमिटीको उम्मेदवार हुन केन्द्रीय कमिटीको पूर्ण सदस्य भई एक कार्यकाल पूरा गरेको हुनु पर्ने तथा पोलिटब्युरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ’ महासचिव ईश्वर पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
को को पोलिटब्युरोमा चुनिन सक्ने
एक कार्यकाल पूर्ण सदस्य भैसकेका माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरु लालबाबु पण्डित, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, डा. बंशीधर मिश्र, पशुपति चौलागाई, गंगालाल तुलाधार, रघुजी पन्त, बेदुराम भुसाल, तुलबहादुर गुरुङ्ग, गौरा प्रसाई, युवराज कार्की, पर्शु मेघी गुरुङ्ग, जयन्ती राई, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, विजय पौडेल, टंक कार्की, श्रीमाया थकाली, प्रकाश ज्वाला, अरुण नेपालसहित २० जना छन्।
त्यसैगरी अध्यक्ष ओली प्यानलबाट जित्नेहरु एक कार्यकाल केन्द्रीय सदस्य जित्नेहरु अग्नी खरेल, प्रदिप नेपाल, रामप्रित पासवान, काशिनाथ अधिकारी, मुकुन्द न्यौपाने, महेन्द्र पाण्डे, विन्दा पाण्डे, सानुकुमार श्रेष्ठ, विष्णु रिमाल, भानुभक्त ढकाल, छविलाल वि.क., राधा ज्ञवाली, किरण गुरुङ्ग, गणेश तिम्सिना, थममाया थापा, शंकर पोख्रेल, यामलाल कँडेल, दल बहादुर राना रहेका छन् ।
त्यसैगरी एक पटक बैकल्पिक केन्द्रीय सदस्य रहेका अहिले पूर्ण केन्द्रीय सदस्य रहेका ओली प्यानलका सदस्यहरु शेरधन राई, कमलादेवी महतो, श्रीप्रसाद साह, योगनारायण यादव, ज्ञानबहादुर भुजेल, रामनाथ ढकाल, दलबहादुर राना, नजिर मियाँ, जगत वि.क., गोकुल घर्ति, भागवत विश्वासी, गोरख बोगटी गरी जम्मा १२ जना रहेका छन्।
माधव नेपाल प्यानल जितेका बैकल्पिक सदस्य भैसकेकाहरु राजेन्द्रकुमार राई, सुशीला नेपाल, चुडामणी जङ्गली, शत्रुध्न महतो, शेरबहादुर तामाङ्, जीवनराम श्रेष्ठ, ममता गिरी, ठाकुर गैरे, बैजनाथ चौधरी, गरिमा शाह गरी १० सदस्य छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते