लण्डन । बेलायतको युनिभर्सिटी अफ ब्रिस्टोलमा बायो मेडिकल साइन्सकी विद्यार्थी सबिता रानामगर (नाना) को परिचय फेरिएको छ ।
मौलिक संस्कृति कौरा संरक्षणका निम्ति तनहुँमा पहिलो पटक बनेको कौरा बृत्तचित्रमा सविताले मुख्य नायिकाको भूमिका निभाएकी छन् ।
कौरा फिल्म तनहुँको माझकोट लगायत गाउँहरुको सुन्दर परिवेशमा खिचिएको हो । निर्माण पक्षले केही दिनमै प्रदर्शनमा ल्याउने गरी तयारी गरिरहेको उक्त फिल्मको अहिले पोष्ट प्रोडक्सन भइरहेको छ ।
बरिष्ठ सञ्चारकर्मी हर्क आलेमगरको कथा तथा निर्देशनमा बनेको उक्त डकुमेन्ट्री तारा थापाले छायांकन गरेका हुन् ।
उक्त डकुमेन्ट्रीमा सविताको अपोजिट नायकको भूमिकामा रवीन्द्र थापाले अभिनय गरेका छन् । साथै फिल्ममा सृजना आले, सोनाम आले, सरुना थापा, रितु आले, गायक पवन रानामगर, दोहोरी लोकगायक पदम थापा, राम आलेलगायतको भूमिका छ ।
बेलायतमा बस्ने नेपालीहरुमाझ सुपरिचित नाम हो सविता । उनले यो भन्दा पहिले मिजर फिल्ममा अभिनय गरिसकेकी छिन् । यस्तै बेलायतमा भएको ‘मगर गट ट्यालेन्ट –२०१७’ मा समेत उनी प्रथम भएकी थिइन् ।
सविताले म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् । उनले बेलायतबाहेक अन्य विभिन्न मुलुकमा पुगेर समेत नृत्य तथा कला दर्शकमाझ पस्किसकेकी छिन् ।
कुमार राना तथा सविता रानाकी कान्छी छोरी सविता ब्रुनाईमा जन्मेर बेलायतमा हुर्किएकी हुन् । तापनि, उनी मगर भाषामा पोख्त छिन् । मिलनसार स्वभावकी उनी सानै उमेरदेखि कौरा नाचमा विशेष रुची राख्थिन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते