काठमाडौं। नेपालका विभिन्न शिविरमा रहेका मध्ये ८० हजार भुटानी शरणार्थी अमेरिका पुगेका छन्। भुटानले उनीहरुलाई स्वदेश फर्कन नदिएपछि तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत उनीहरुलाई अमेरिका लगिएको हो।
पुनर्वास कार्यक्रमअन्तर्गत ८० हजार शरणार्थी अमेरिका पुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार जनाएको छ।
दूतावासका अनुसार अमेरिकी राजदूत पिटर डब्लु बोडीले ८० हजार पुरयाउने टोलीमा रहेका तीन व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। उनीहरुले ओहायो राज्यमा बसोबास गर्ने छन्।
अमेरिकाले भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो। सात वर्षअघि भुटानी शरणार्थीको पहिलो समूहले नेपालबाट प्रस्थान गरेयता ९३ हजारभन्दा बढीलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वास गरिसकिएको छ। अमेरिकामा पुनर्वास गराइएका ८० हजारमध्ये केही भुटानी अंगीकृत अमेरिकी नागरिक बनिसकेका छन्। अमेरिकाले नेपाल सरकार, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) सँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका पुनर्वास गरिदै आएको छ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक