काठमाडौँ-न्याय परिषद्को बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।
परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाउने निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश पद रिक्त छ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको पुग्नुपर्ने कानूनी व्यवस्था छ । जोशी, मिश्र र राणाले तीन वर्ष काम गरिसकेका छन् ।
नेपालको संविधानमा न्याय परिषद्ले पठाएको न्यायाधीशहरुको अभिलेखअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते