काठमाडौं- विश्व प्रसिद्ध ‘फोर्ब्स म्यागेजिन’ ले सार्वजनिक गरेको सन् २०१८ का एसियाका प्रभावशाली युवाहरु सूचीमा दुई जना चेलीसहित ६ जना नेपाली युवा उद्यमी परेका छन् । फोर्ब्सले प्रकाशित गरेको एसियाका ३० वर्षभन्दा कम उमेरका प्रभावशाली युवाको सूचीमा ६ नेपाली अटाएका हुन् ।
‘३० अन्डर ३०’ मा अमेरिकामा बसेर चर्चा बटुलिरहेकी नेपाली चेली कन्चन अमात्य परेकी छन् । कन्चन दिगो माछा फार्म र महिला सशक्तिकरणमा क्रियाशील छिन् । उनले स्थापना गरेको दिगो माछा फार्मिङ इनिसियटिभ (एसएफएफआई) मार्फत दिगो जलीय कृषि र खाद्य असुरक्षाका लागि काम गरिरहेकी छिन् ।
यसका साथै उनले संस्थामार्फत ग्रामीण महिलालाई वित्त, प्रविधी र स्थानीय साधन तथा तालिम प्रदान गरेर माइक्रो उद्यम सञ्चालनका लागि सहयोग गर्छ । उनको कामलाई अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टन, नेपाल सरकार र संयुक्त राष्ट्रसंघले समेत प्रशंशा गरेको छ । उनी महिलाहरुको आर्थिक सशक्तिकरणका लागि युएन ग्लोबल च्याम्पियनका रुपमा पनि काम गर्छिन् ।
यस्तै, खालीसीसी डटकममार्फत कवाडी सामानहरुको उद्यममा सक्रिय आयुषी केसी पनि सूचीमा अटाएकी छन् । आयुषीले जिरो वेष्ट फोहोरमा काम गरेर संसार परिवर्तन गर्न खोजेको भन्दै फोर्ब्सले यो सूचीमा राखेको जनाएको छ । फोर्ब्सकाअनुसार उनले खाली सिसी म्यानेजमेण्ट कम्पनी प्राइभेट लिमिटेड खोलेर कवाडी बस्तुहरुको ब्यवस्थापनका काम गरिरहेकी छिन् । उनले अहिले खालीसीसी डटकममार्फत १३ सयभन्दा बढी कवाडी क्रेता र बिक्रेताको नेटवर्क निर्माण गरेकी छिन् ।
उक्त प्रभावशाली युवाहरुको सूचीमा इको सेलका तीन संस्थापक नेपाली युवाहरु परेका छन् । जसमा निशान श्रेष्ठ, सुवास श्रेष्ठ र सचित पण्डित रहेका छन् । उनीहरुले स्थापना गरेको संस्थाले वातावरणमैत्री र भूकम्प प्रंतिरोधी निर्माण सामाग्री उत्पादन गर्दै आएको छ । सन् २०१५ मा नेपालमा विनासकारी भूकम्प गएपछि उनीहरु यो कम्पनी स्थापना गरेर काम अगाडि बढाएका हुन् । उनीहरु पाँचै जना सोसल इन्टरप्रेनरसीप क्याटोगोरीमा एसियाको ३० अन्डर ३० मा परेका हुन् ।
यस्तै, एक अर्का नेपाली युवा पनि फोर्ब्सको प्रभावशाली युवाको सूचीमा अटाएका छन् । उनी हुन् घाम पावर कम्पनीका प्रबन्ध निर्देशक एन्जल निरौला । फोर्ब्सले नेपालका ३० प्रतिशत जनताले अझै विद्युत प्रयोगबाहिर रहेको बताउँदै उनले तिनीहरुका लागि काम गरिरहेको उल्लेख गरेको छ । उनले माइक्रोग्रीड मार्फत सोलार उर्जा मार्फ उनीहरुलाई उज्यालो दिन गरेको प्रयास कारण यो सूचीमा सामेल गरेको हो । उनी फोर्ब्सको इन्डष्ट्री, म्यानिफ्याक्चरिङ र इनर्जी क्याटागोरीमा तर्फको सूचीमा परेका हुन् ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ