
प्रदेश नं. ४ को सोमवार विस्तारित मन्त्री परिषदका नवनियुक्त मन्त्रीत्रय किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल पद तथा गोपनीयताको सपथग्रहण गर्दै । उहाँहरुलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सपथग्रहण गराउनु भएको हो । तस्बीर- हरि बास्तोला, पोखरा, रासस
पोखरा, १२ चैत – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
पुनःगठित एवं विस्तारित मन्त्रिपरिषद्मा पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री, नरदेवी पुन सामाजिक विकासमन्त्री, विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री र लेखबहादुर थापा भूमिसुधार तथा व्यवस्थामन्त्री रहनुभएको छ ।
प्रदेश प्रमुख बाबुराम कुँवरले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । तेस्रो पटक गरिएको मन्त्रिपरिषद् पुर्नःगठन एवम् विस्तारसँगै प्रदेश नं ४ को मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते