लन्डन । अंग्रेजी क्यालेण्डर अनुसार आइतबार पश्चिमा आमाहरु ‘मदर्स डे’ को विभिन्न उपहार ग्रहण गरिरहंदा नेपाली केही सह्दयी आमाहरु भने असहाय बालबालिकालाई उल्टै दिन जुटिरहेका थिए ।
आमा भइसकेका मिसेस नेपाल यूके २०१७ विजेताहरु लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भेला भएका थिए एउटा च्यारिटी डिनर नाइटका लागि । भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ मिसेस नेपाल यूके २०१७ का विजेताहरु आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठले च्यारिटी गरेका हुन् । यसको ‘ब्याकबोन’ थिए शिवजी श्रेष्ठ ।
मिसेस नेपाल यूके २०१७ का सल्लाहकार तथा च्यारिटी कार्यक्रम परिकल्पनाकार शिवजी श्रेष्ठले कार्यक्रमबाट करिब दश लाख रुपैयां संकलन भएको जानकारी दिए । श्रेष्ठले यस्तो च्यारिटीलाई निरन्तरता दिइने बताएका छन् । उनी सहयोगदाताप्रति कृतज्ञ भए ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले दिदी बहिनीले पवित्र र परोपकारी भावनाले गरेको च्यारिटी कर्मको खुलेर प्रशंसा गरे । राजदूतले कार्यक्रममा प्रदर्शन गरिएको चेतनामुलक नाटक दूतावासमा समेत देखाउने आश्वासन दिए । ‘तपाईंहरुले प्रस्तुत गर्नुभएको फरक फरक खालका नृत्यले एकताको सन्देश दिएको छ’, राजदूत सुवेदीले जोड दिए, ‘हामीहरु जहां भएपनि मनभित्र नेपाल हुनुपर्छ ।’
सुन्दरीहरुले गरेको स्वागत नृत्यको गीत जस्तै सय थरि गोडा भएपनि एउटै चाल र बाजा सयथरि भएपनि ताल एउटै हुनुपर्ने उनले बताए । ‘नेपाली समाजलाई सकारात्मक सन्देश दिनुपर्छ भन्ने आफ्नो भावना चेलीहरुले देखाएकामा म खुशी छु’, राजदूत डा. सुवेदीले भने ।
ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहानले आफू विगत ११ वर्षदेखि नेपाली समुदायसंग निकट रहेको उल्लेख गर्दै कार्यक्रममा पाएको न्यानो आतिथ्यप्रति आभार व्यक्त गरे ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले श्रीमति सुन्दरीहरुको पूण्यकामको सराहना गर्दै संघले समेत यसमा सहयोग गर्न पाउंदा खुशी लागेको बताए । उनले एनआरएनए यूकेले आगामी ३१ मार्चमा अल्डरसटमा च्यारिटी डिनर गर्न लागेको जनाउंदै त्यसमा सहभागी भइदिन सबैमा आग्रह गरे ।
पत्रकार शिव भण्डारीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठले सबैप्रति आभार व्यक्त गर्दै उक्त प्रतियोगिताको दोश्रो संस्करण छिट्टै शुरु गरिने जानकारी दिइन् ।
दोश्रो चरणको कार्यक्रम सांस्कृतिकमय थियो । सुस्मिता थापाले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा मिसेस नेपाल यूके टिमले प्रस्तुत गरेको करिब आधा घण्टाको अपांग र नारी सम्बन्धि एक सन्देशमुलक नाटकले सहभागी सबैको मन जित्यो ।
कार्यक्रममा आस्था जोशी र अमृता गिरी गजुरेलले स्वागत मन्तव्य दिए भने गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले मस्तिष्क पक्षघात रोग र सहयोग प्रदान गर्न लागिएको संस्था अनि त्यहां आश्रित बालबालिकाको स्थितिबारे ‘पावर पोइन्ट प्रिजेन्टेसन’ दिएका थिए ।
गिता बस्नेत पाण्डे र अमृता गिरी गजुरेलले ‘रुपै मोहनी नारान…’ बोलको गीतमा प्रस्तुत नाचले धेरैको ध्यान आकृष्ट गरयो । आस्था जोशी, मन्जु शाह, प्रिमा भट्टराई, पुनम गुरुङ, दीपक थापा मैथानेले पनि नृत्य गरे । सुन्दरीहरुले अन्य विभिन्न गीतमा सामूहिक समेत नाच देखाए ।
अन्जु श्रेष्ठ, शर्मिला पछाइ थापा र शंकर गजुरेलले गायन प्रस्तुत गरे ।
आयोजकले कार्यक्रमका सहयोगीलाई प्रशंसा पत्र दिएका छन् । उक्त अवसरमा हेम बिष्टको ‘डिजे डान्स’ मा सहभागी अबेरसम्म नाचेका थिए ।
तस्विर- शिव भण्डारी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित