काठमाडौं। जीप दुर्घटनामा गम्भिर घाइते भएका बाग्लुङ-१ का सभासद हरिबहादुर खड्काको आइतरबार साँझ निधन भएको छ। खड्काको ८:२० मा निधन भएको बताइएको छ। सभाषद खड्काको निधनको पुष्टी उनका भाञ्जा अर्जुन घिमिरेले गरेका छन् ।
खड्काको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो। खड्का चढेको ग १ झ २२४ नम्बरको जीप बाग्लुङको भकुन्डे ९ स्थित गलुवामा बुधबार दुर्घटना भएको थियो।
प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसले आयोजना गरेको धनधन्यञ्चल महायज्ञ उद्घाटन समारोहमा सहभागी हुन जाँदा उनी दुर्घटनामा परेका थिए। पल्टिएको जीपमा खड्का च्यापिएका थिए। खड्का ५१ वर्षका थिए ।
वाग्लुङ नगरपालिकामा २०२० साल जेठ १८ गते जन्मिएका खड्काले २०३६ सालबाट नेपाली कांग्रेसको गाउँ समिति मार्फत राजनीति सुरु गरेका हुन् । खड्काले नेपाली कांग्रेस वाग्लुङ नगर समितिको सभापति, क्षेत्रीय सदस्य हुँदै २०५४ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए।
२०५८ सालमा तरुण दलको केन्द्रिय सदस्य भएका खड्का २०५२ सालदेखि २०६७ सालसम्म पार्टीको जिल्ला सदस्य, २०६७ सालदेखि नेपाली कांग्रेसको जिल्ला सचिव रहे ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम