काठमाडौं। महाधिवेशन सम्पन्न भएको पाँच महिना पुग्दा समेत केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न असफल भएको नेकपा एमाले भित्र विवाद झनै बढ्ने संकेत देखिएको छ। महाधिवेशनमा दुई प्यानल बनाएर लडेका अध्यक्ष केपी शर्मा ओली र पूर्व महासचिव माधवकुमार नेपाल पक्षबीच अविश्वास बढ्दै गएपछि विवादले उग्र रुप लिन लागेको हो। सोमबारबाट शुरु हुने केन्द्रीय कमिटीको बैठक समेत यसबाट प्रभावित हुने संभावना देखिएको छ।
ओली पक्षलाई नेपाल पक्षले स्थायी प्रकृतिको गुटबन्दी गरेर आफूलाई असफल बनाउने खेलमा लागेको शंका छ भने नेपाल पक्षलाई ओलीले कुनै परामर्श वा सल्लाह नगरीकनै पेलेर पार्टी चलाउने हुन् कि भन्ने भन्ने शंका रहेको छ ।
अध्यक्ष ओलीले एक महिनाभित्र सबै पक्षसँग छलफल गरेर कार्यविभाजन गर्ने प्रतिवद्धता अघिल्लो बैठकमा गरेपनि अहिलेसम्म त्यस विषयमा छलफल गरेका छैनन् ।
संविधान निर्माण र आन्तरिक व्यवस्थाका लागि थप गृहकार्य आवश्यक भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले एक महिना समय माग गरेपछि बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित भएको थियो ।
विवादका कारण महाधिवेशन भएको पाँच महिना नाघिसक्दा पनि कार्यविभाजन, पोलिटब्युरो र स्थायी कमिटी गठनजस्ता पार्टी सञ्चालनका लागि आवश्यक महत्वपूर्ण काम हुन सकेको छैन ।
‘महत्वपूर्ण विषयमा कुनै छलफल भएको छैन, पछिल्लो पाँच महिनामा अध्यक्षले पार्टी संगठनलाई राम्रोसँग चलाउने क्षमता देखाउन सक्नुभएन,’ उपमहासचिव घनश्याम भुसालले भने ।
तर ओली पक्षले नेपाली कांग्रेसमा जस्तो पार्टीभित्र भागबण्डा नचल्ने बताए । ‘जिम्मेवारी दिने विषय व्यक्तिको योग्यता र क्षमताअनुसार हुन्छ, त्यसमा भागबण्डा हुँदैन,’ सचिव पृथ्वीसुब्बा गुरुङले भने ।
अध्यक्ष ओलीले आइतबार बिहान आफ्नै निवास बालकोटमा बैठक बोलाएका छन् । तर, पार्टी कार्यालय छाडेर घरमा बैठक राखेको भन्दै नेपाल पक्षले बैठक बाहिस्कार गर्ने संकेत दिएको छ । असारमा भएको महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका दुवै पक्षबीच त्यसयता सहमति बन्न सकेको छैन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते