काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा देखिएको अव्यवस्था हटाएर ‘इम्बोस्ड नम्बर प्लेट’ राख्ने तयारी गरेको छ । विभिन्न खालका नम्बर प्लेट भएकाले सवारी साधनलाई नियमन गर्न अप्ठ्यारो परेको भन्दै मन्त्रालयले त्यसखालको नम्बर प्लेट राख्न लागेको बताएको छ ।
हाल सरकारले सार्वजनिक, निजी, संस्थान, पर्यटक गरी १४ वटा नम्बर प्लेट राख्न पाउने व्यवस्था गरेको छ । तर इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा आएपछि पाँचवटा मात्रै नम्बर प्लेट हुने र सवारी साधनको नियमन र नियन्त्रण गर्न सहज हुने मन्त्रालयको विश्वास छ ।
निजी नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था भएपनि सवारी धनीले उक्त नियम नमानेको, पर्यटकसमेत बोक्ने गरेको अवस्थालाई अन्त्य गर्नु आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकै पहलमा विमानस्थलमा रहेका पुराना ट्याक्सी हटाएर नयाँ सुविधा सम्पन्न ट्याक्सी राखिएको र २० वर्षे पुराना सवारी साधन हटाउने योजनामा मन्त्रालय रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले यातायात व्यावसायी मर्यादित बन्नुपर्ने र सरकारी नियमलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए।
पुराना सवारी साधन नहटेका कारण पछिल्ला दिनमा सवारी दुर्घटनाको सङ्ख्यासमेत बढेको जानकारी दिँदै सचिव सिटौलाले दुर्घटना नियन्त्रणका लागि नीतिगतरुपमा पनि सरकार कडारुपमा प्रस्तुत हुन लागेको जानकारी दिए।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो