
सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने मन्तव्य व्यक्त गर्दै । तस्बिर- रोशन सापकोटा, रासस
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । बैंकद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ ।
सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा होनहार खेलाडी भएकाले प्रोत्साहन स्वरुप उनलाई प्रायोजन गरिएको बताए । त्यस्तै क्रिकेटर लामिछानेले सम्झौताले क्रिकेट खेलमा अझै राम्रो प्रदर्शन गर्न हौसला थपिएको बताए ।
कार्यक्रममा सानिमा बैंकका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खेलाडी लामिछाने र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गरे ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त