लन्डन । गोर्खा मेमोरियल फण्ड यूकेका संस्थापक अध्यक्ष एवं पूर्व काउन्सिलर धन गुरुङको पहलमा मेचीनगर नगरपालिकालाई बिहीबार एक एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
नगरपालिका परिसरमा आयोजित कार्यक्रममा फाउण्डेशनका नेपाल अध्यक्ष नगेन्द्र गुरुङले नगरप्रमुख विमल आचार्यलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
उक्त एम्बुलेन्स धुलाबारीस्थित पूर्वकै सबैभन्दा पुरानो प्राथमिक स्वास्थ्य केन्द्रमा राखिने छ । नगरप्रमुख विमल आचार्यले तत्काल एम्बुलेन्सको चाबी स्वास्थ्य केन्द्र प्रमुख डा. एलिजा गौतमलाई हस्तान्तरण गरेका छन् । सो स्वास्थ्य केन्द्र मेचीनगरसहित छिमेकी अन्य जिल्लावासीको उपचारका लागि आशा र भरोसाको केन्द्र बन्ने गरेको छ ।
पूर्व काउन्सिलर धन गुरुङले पछिल्लो समय सामाजिक सेवामा पनि समय दिइरहेका छन् । उनले चार महिनाअघिमात्र काकडभिट्टा सामुदायिक माविका लागि २८ लाख रुपैयांको लागतमा ३१ वटा कम्प्युटरसहित आइटी प्रणाली, सिसिटिभी, प्रशिक्षण व्यवस्थापन लगायत गरिदिएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते