काठमाडौं। प्रमुख राजनीतिक दलबीच संवैधानिक राजनीतिक संवाद तथा सहमतिको समितिको प्रतिवेदन संविधानसभामा सभापतिले स्वविवेकले पठाउन दिने सहमति भएको छ।
बुधबार बिहान राज्य व्यवस्था समितिको कार्यकक्षमा भएको तीन दलका नेताहरुको बैठकले कस्तो प्रतिवेदन पठाउन र के के विषय समेट्ने भन्ने विषय सभापति बाबुराम भट्टराईको स्वविवेकमा छाड्ने निर्णय गरेको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्। 
कांग्रेस एमालेसहितका दलले समितिमा प्रस्ताव गरेको सात प्रदेशसहितको साझा धारणालाई जस्ताको त्यस्तै सविधानसभामा पठाउनु पर्ने भन्दै दवाव दिएपछि विवाद चुलिएको थियो। एकीकृत माओवादीसहितका राजनीतिक दल र सभापति भट्टराई अनुसूचीमा मात्रै राखेर त्यस्तो प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा लैजान सकिने अडानमा थिए।
समितिको बैठक बुधबार दिउँसो बस्ने कार्यक्रम छ। बुधबार विहानै बसेको प्रमुख दलहरुको बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो।
बैठकमा एमालेका केपी ओली, झलनाथ खनाल, माधव नेपाललगायतका शीर्ष नेता थिए । एमाओवादीबाट पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहभागिता थियो । मधेसी मोर्चाबाट विजयकुमार गच्छदार पनि बैठकमा सहभागी थिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण