लण्डन । पछिल्लो समय नेपाली गीत संगीतको दायरा फराकिलो बन्दै गइरहेको छ । नेपालमा मात्र नभएर प्रवासमा रहेर पनि यस पेशालाई अंगाल्नेको संख्या दिनहुं बढ्दो छ ।
त्यस्तै नेपाल बुटवल घर भई ९ बर्षदेखि बेलायत बस्दै आएका नव गायक सन्तोष बिक आफ्नो नयाँ गीत ‘जुनी जुनी’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा उदाउने प्रयासमा छन् ।
‘लामो समयदेखि गीत संगीतमा रुची हुँदा हुँदै पनि प्रवासी जीवनको व्यस्ततालाई छिचोल्दै अहिले आएर आफूभित्र भएको प्रतिभालाई बाहिर लिएर आउने जमर्को गर्दै छु, साथै यसै गीतको भिडियो पनि निर्माण गर्दै छु’- सन्तोषले बताए ।
मिडिया सम्बन्धी कुनै पनि कार्यका लागि बेलायतबासी नेपालीको पहिलो रोजाईमा पर्ने संचारकर्मी कुशल श्रेष्ठले भिडियोको निर्देशन गर्दैछन् । साथै छायांकन र सम्पादन पनि श्रेष्ठकै रहने छ । स्तरीय भिडियो निर्माण र मिडिया प्रमोटमा समेत सहयोग पुर्याउने भएकोले निर्देशक श्रेष्ठ नव गायकहरुको पहिलो रोजाईमा पर्ने गरेका हुन् ।
नव गायक सन्तोष बिकको पहिलो भिडियो ‘जुनी जुनी’ मा गायक स्वयम् मोडलको रुपमा प्रस्तुत हुँदैछन् भने ‘फिमेल मोडल’ फाइनल नभएको निर्देशक श्रेष्ठले बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन