भ्यालेन्टाइन डे को दिनमा
माया साटासाट गर्ने दिनमा
मायासंग माया मात्रै हैन
मायासंग पैसा साटिएको छ
पैसासंग माया साटिएको छ
दिलसंग दिल मात्रै हैन
दिलसंग उपहार
र, उपहारसंग दिल पनि साटिएको छ ।
भ्यालेन्टाइन डे को दिनमा
मायाको नाममा उपहार फस्टाएको छ
उपहारको नाममा ब्यापार फस्टाएको छ
व्यापारको नाममा ब्यापारी फस्टाएको छ
माया अब माया मात्रै रहेन
यो नाफा घाटाको ब्यापार रहयो
यो उपहारको जोड घटाउ रहयो
यो लिने दिनेको मोलमोलाई रहयो
त्यसैले भ्यालेन्टाइन डे अब
भ्यालेन्टाइन डे मात्रै रहेन
यो त मायाको नाममा ब्यापार भयो ।
यहाँ मायाको नाममा
वा, भ्यालेन्टाइन डे को नाममा
रोजको ब्यापार बढेको छ
कार्डको ब्यापार बढेको छ
उपहारको ब्यापार बढेको छ
विज्ञापनको बिगबिगी बढेको छ
व्यापारको चलखेल बढेको छ
मायाको बिज्ञापन बढेको छ ।
माया ब्यापार हैन
माया उपहार मात्रै हैन
माया देखाउनु मात्रै हैन
माया कुनै नाफा घाटा हैन
माया त दिलसंग दिल जोडिनु हो
माया त एउटा मुटुलाई
अर्को मुटुले निस्वार्थ स्वीकार गर्नु हो
माया पैसामा हैन
माया कार्डमा हैन
माया उपहारमा हैन
माया त मन, मुटु र मष्तिस्कमा हुन्छ
एउटा दिलको माया अर्कोमा सुनिन्छ
एउटा मायाको ढुकढुकी अर्कोमा सुनिन्छ
साँचो माया कुनै उपहार बिना नै सुनिन्छ ।
आजकलको कस्मेटिक दुनियाँमा
यहाँ मायाको नाममा
सच्चा माया चाहिएको छ
भ्यालेन्टाइन डे को नाममा
सच्चा भ्यालेन्टाइन चाहिएको छ
मायासंग माया साट्ने
र, एउटा दिलसंग अर्को दिल सांटने
साँचो प्रेमी र प्रेमिका चाहिएको छ
यहाँ साँच्चै माया सांटने
भ्यालेन्टाइन डे चाहिएको छ ।
१४ फेब्रुवरी २०१८
लन्डन, बेलायत ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा